माधब पौडेल,२६ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको शारदा माध्यमिक विद्यालय विद्यानगरमा कार्यरत शिक्षक कमला पण्डित जोशीले आफ्नो हजुरआमाको वार्षिक पुण्यतिथिको अवसरमा आफूले अध्यापन गराइरहेको विद्यालयमा अध्ययनरत आधारभूत तह कक्षा १ देखि ५ सम्मका छात्र छात्रालाई बिहिबार एक कार्यक्रमका बीच ३६ थान न्यानो कपडा स्विटर प्रदान गर्नुभएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई पुण्य तिथिकै अवसरमा खाजा नास्ताको व्यवस्था समेत गरेको विद्यालयका सहायक प्रधानाध्यापक अमरसिंह बिष्टले जानकारी दिनुभयो। शिक्षिका कमला पण्डित जोशी २०८१ साल वैशाख महिनादेखि सोही विद्यालयमा आधारभूत तहमा अध्यापन गराइरहनु भएको छ।
प्रतिक्रिया दिनुहोस