२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

महाकालीमा भत्किएको तटबन्ध पुर्ननिर्माण नभए  तटिय क्षेत्रमा जनता आन्दोलनको तयारीमा 


  • २०८१ पौष २६, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १८१ पाठक संख्या
  • कञ्चनपुर, २६ पुष।कञ्चनपुरको महाकाली नदी तटिय क्षेत्रका स्थानीयले गत भदौँमा भत्किएको चारलेन महाकाली पुलको तटबन्ध पुर्ननिर्माण, भुजेला खोला नियन्त्रण नगरे आन्दोलनको चेतावनी दिएका छन ।

    भीमदत्त नगरपालिका ११, १२ र १३ महाकाली तटिय क्षेत्रका स्थानीयले गत भदौँमा भत्किएको चारलेन महाकाली पुलको तटबन्ध पुर्ननिर्माण, भुजेला खोला नियन्त्रण नगरे आन्दोलनको चेतावनी दिएका हुन ।बिहीबार महाकाली तथा भुजेला खोला व्यवस्थापन संघर्ष समितिका अध्यक्ष लाल बहादुर शाहीले जनप्रतिनिधी स्थानीय सहितका सरोकारवाला गएर महाकाली पुल योजना कार्यालयमा गएर डेलिगेशन दिएको बताउनुभयो ।सघर्ष समितिका अध्यक्ष शाहीले कञ्चनपुर स्थित महाकाली नदीमाथि निर्माण भएको चार लेन पक्की पुल क्षेत्रको गाईडबण्ड(तटबन्ध) भत्किएको पाँच महिना वितिसक्दा पनि अझै पुर्ननिर्माण नभएको विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो ।‘हामीले गत भदौँ तेस्रो साता महाकाली नदीमा आएको वाढीले चारलेन पुल क्षेत्रमा निर्माण भएको ३ सय मिटर गाईडबण्ड(तटबन्ध) भत्किएको तटबन्ध पुर्ननिर्माण र भुजेला खोला नियन्त्रणका माग अघि सारेका छौँ। तटबन्ध भत्किएको पाँच महिना वितिसक्दा पनि हालसम्म पुर्ननिर्माण भएको छैन । बर्षात आउन अब पाँच महिना मात्रै बाँकी रहदा भत्किएको तटबन्ध पनि पुर्ननिर्माणको सुरसार छैन ।’

    महाकाली पुलको उत्तर पुर्व तर्फको क्षेत्रमा निर्माण भएको पोखरीको गाईडबण्ड पुर्ननिर्माण नहुँदा पुल क्षेत्रका सरचना मात्रै नभई पहुँच मार्ग भत्काएर सिङ्गै महाकाली नदी गाँउ पस्ने जोखिम बढेको छ । यस अघि ०७८ साल महाकालीमा आएको वाढीले भीमदत्त नगरपालिका १२ ऐरीओदाली क्षेत्रमा पहुँच मार्ग नै भत्काएर नदी गाँउ पसेको थियो । तीन बर्ष अघि पुल पहुँचमार्ग भत्किएर गाँउ नदी गाँउपसेपछि भीनपा ११, १२ र १३ नम्बर वडा डुवानमा परेका थिए। गत भदौँको ४लाख ६१ हजार क्युसेक पानीको वाढीले गाईडबण्ड(तटबन्ध) भत्किएपछि पहुँचमार्गमा क्षति भएन ।तर, समयमै पुर्ननिर्माण नहुँदा विपद् जोखिम बढिरहेको छ ।

    स्थानीयले यस बर्षपनि समयमै गाईडबण्ड निर्माणको माग अघि सारेका छन । विपद् जोखिममा परेका भीनपा ११, १२ र १३ वडाका जनप्रतिनिधी एव स्थानीयले समयमै भुजेला खोलाको निकासदेखि भत्किएको तटबन्ध निर्माणमा जोडदिएका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले महाकाली नदी भुजेला खोलामा उल्टिएर आउने भएपछि भीमदत्त नगरका तीन वडा डुवानमा पर्दै आएको बताउनुभयो। ‘यो भुजेला खोलाको निकास महाकाली नदीको समानान्तर रुपमा बगाँउनुपर्छ।‘एकातिर निकास अर्कातिर तटबन्ध निर्माण गर्नुपर्छ ।’ भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र रावलले बर्षा अवागै भत्किएको गाईडबण्ड निर्माण नभए थप जोखिम निम्तिने बताए । ‘गत भदौँमा भत्किएको गाईडबण्ड अहिलेसम्म पुर्ननिर्माण भएको छैन।‘हामी फेरीपनि जोखिमा पर्ने खतरा छ, उतिबेला पनि हामीहरु डुवानको चपेटामा परेका थियौँ ।’

    भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ंले बर्षातका बेला फेरी महाकालीको भेल गाँउ पस्ने भएकाले वाढीबाट बाँच्नका लागि समेत यथाशिघ्र काम बढाउनुपर्नेमा जोडदिए।चारलेन पुल निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले सरकारले चौथो भेरिएन बारे समयमै निर्णय दिन नसकेको भन्दै बुधबारदेखि महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्ग अवरोध गरेको छ।पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको अर्कातिर शुचारु भएको छ । चौथो भेरिएसन स्वीकृत नहुँदा समेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दवाव दिन साँकेतिक सडक अवरोध गर्न खोजेको निर्माण कम्पनीले जनाएको छ । कुमार सिएफईसी जोईन्ट भेन्चरका परियोजना व्यवस्थापक ईन्जिनियर किशोर पाण्डेयले तटबन्ध पुर्ननिर्माण बारे भेरिएसनको प्रतिवेदन स्वीकृत हुन नसक्दा काम हुन नसकेको बताए । ‘०७८ सालमा गाईडबण्ड थिएन, नदीले सिधै पहुँच मार्ग भत्काईदियो, ‘उनले भने, ‘महकाली नदी पुर्वतिर भएर बग्दा तटबन्ध भत्किएको हो ।’तटबन्ध पुर्ननिर्माणका लागि झण्डै ४ महिना लाग्ने भएकाले अहिलेसम्म भेरिएसन स्वीकृत नहुँदा हामीहरुपनि अन्यौलमा परेको उनले बताए । ‘समयमै तटबन्ध निर्माण नहुँदा आउँदो बर्षातमा थप जोखिम निम्तिनेछ, ‘उनले भने, ‘यसमा सरकार समयमै गम्भिर हुनुपर्छ ।’

    गड्डाचौकी स्थित स्थानीयले सडक अवरोध गरेपछि दवाव दिनका लागि सडक बन्द गर्न खोजेको बताए । ‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भईसकेको छ, तर स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ, ‘उनले भने, ‘हामीले काम कसरी गर्ने ?, यहाँबाट पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन, त्यो नहुँदा गत भदौँमा आएको वाढीले भत्काएको गाईडबण्ड पुर्ननिर्माण गर्न सकेका छैनौँ ।’ पहिलो पटक हामीले साँकेतिक सडक खनेर आवत जावत बन्द गर्न खोजेको ईन्जिनियर पाण्डेयले बताए । थप क्षति रोक्नका लागि समयमै तटबन्ध निर्माण सहितका काम अघि बढाउनुपर्ने बताए । हालसम्म गरेको कामको पनि झण्डै २२ करोड भुक्तानी नपाएको र भेरियसन नभएको कारण पनि ९करोड भन्दा बढीको प्रमाणित क्षतिपूर्ति समेत नपाएको बताउनुभयो।महाकाली पुल योजना कार्यालयका सहायक सुचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले समयमै भत्किएको गाईडबण्ड पुर्ननिर्माण नभए आउँदो बर्षातमा थप जोखिम निम्तिने बताए । उनले योजना कार्यालयबाट भेरिएसन स्वीकृतका लागि विभाग हुँदै मन्त्रालय पुगेको र सचिवले स्वीकृत गरेर मन्त्रीको टेबुलमा बसेको बताउनुभयो।

    तटबन्ध निर्माणका साथै गड्डाचौकीको अवरोध खुलाउने प्रयास नएर १३ करोड रकम फ्रिज जाने बताउनुभयो।निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धीत व्यक्ति, निकायसंग पहल गर्ने बताउनुभयो । गड्डाचौकीमा उत्पन्न अवरोध बारे दुई चरणमा छलफल पनि भयो, स्थानीय सहित जनप्रतिनिधीको रहोबरमा वार्ता भयो, तर निष्कर्षमा पुगेन यस्तो द्वन्द्वको अवस्थामा निर्माण कम्पनीले काम गर्न सक्दैन, भनेपछि काम रोकिएको छ, ०२२ जुलाईमा संशोधिन डिजायन नक्सा अनुरुप काम भईरहेको छ,र सडक कालोपत्रे सम्बन्धी ९८ प्रतिशत काम भएको, काम गर्न नदिएपनि उक्त २सय मिटर छाडेरै भएपनि ठेक्का फरफारक गर्नुपर्ने बाध्यता आउन सक्छ ।’ उनले यो अवरोध सडक छाडेरै भएपनि पुल निर्माण कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने अवस्था सृजना भएकाले सरोकारवाला गम्भिर हुनुपर्नेबताउनुभयो।यो हाम्रो प्रदेशकै गौरबको योजना हो, यसमा सबैले आ–आफ्नो स्थानबाट साथ सर्मथन सहयोग गर्नुपर्छ, अवरोध होईन सहयोग सघाउनुपर्छ, योजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेबार बन्नुपर्छ ।’ उनले गड्डाचौकी खण्डको डिजायन परिर्वतन नहुने जिकिर गर्दै नक्सा परिर्वतनका ठुलो समय लाग्ने भएकाले र महाकाली पुलको समय समेत कम भएकाले साविक डिजायन अनुरुप काम हुनुको विकल्प नभएको बताउनुभयो।

    ०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माणको जिम्मा पाएको हाल ९५ प्रतिशत काम सम्पन्न भएको छ । ४ पुष ०८१ मा निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको थियो । त्यसपछि ९ पुष ०८१ मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो। आयोजना प्रमुख ई विवश बाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण २ सय मिटर निर्माण कार्य शुरु गर्दा अवरोध गरिएकाले आवश्यक सहयोग र सहजिकरण गरिदिन अनुरोध गरिएको छ । गौरबकै आयोजना सम्पन्न गराउनका लागि सरकार जिम्मेबार बन्नुपर्ने स्थानीयको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट