२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

सुप योजना आयोगका सदस्य डा. चन्दलाई सम्मान


  • २०८१ पौष २५, बिहिबार मा प्रकाशित २ महिना अघि
  • १२७ पाठक संख्या
  •  

    केशव थापा,कञ्चनपुर, २५ पुष।सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य एव प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दलाई सम्मान गरिएको छ।निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनमा प्रदेशका आयोग सदस्य तथा प्याबसन केन्द्रीय सल्लाहकार चन्दलाई सम्मान गरिएको हो ।
    भीनमदत्त नगरपालिका १० गड्डाचौकी स्थित डाईमण्ड एकेडेमीका संचालक समेत रहेका चन्दले शिक्षा क्षेत्रमा पु¥याएको योगदान एव प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएसंगै आगामी दिनमा प्रदेशको शिक्षा सुधार पहल कदमीका लागि सम्मान गरिएको जनाएको छ ।
    प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले डा. चन्दलाई दोसल्ला ओढाएर सम्मान गरेका छन । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. चन्दलाई दोसल्लाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ । प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव भट्टले प्याब्सनको कार्यालय भवन निर्माणका लागि जमिन खरिद गरिएको बताए । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने छ । कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट