धन बहादुर बिक,२४ पौष।बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिका तिरूवा लाई बुधबार एक कार्यक्रम बिच पुनर्वासमा सम्मानित भएकी छिन ।
अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन खेलाडी पुनर्वास कि स्वस्तिका तिरूवालाई बुधबार पुनर्वास नगरपालिका ६ वडा कार्यालयले भब्य स्वागत कार्यक्रमको आयोजना गरि प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो।सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङले अन्तर्राष्ट्रिय स्तरमै राष्ट्रलाई स्वर्णपदक जिताउन सफल बक्सिङ च्याम्पियन स्वस्तिकालाई बधाई तथा धन्यवाद दिनुभएको थियो । 
नजिकको तिर्थ हेला भनेझैं आफ्नै गाउँ ठाउँको चेलिलाई हामीले चिन्न नसक्नु दुर्भाग्य को कुरा भएको छ लामाले भन्नुभयो। आफ्नो नगर भित्रको खेलाडीलाई सम्झेर सम्मान गरेकोमा सांसद लामाले नगर प्रमुखलाई समेत धन्यवाद दिनुभएको थियो।उहाँले राष्ट्रकै गौरबका रूपमा परिचित यस्ति चेलिलाई जन्माउने स्वस्तिकाका आमाबुवा तथा सपरिवारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले आफ्नै नगर भित्र अन्तर्राष्ट्रिय स्तरमै यस्तो खेलाडी जन्मिएको तर आफू अनविज्ञ रहेकोमा अफसोस महसुस भएको बताउनुभयो। स्वस्तिकाले अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक हासिल गरेको सामाजिक सञ्जालमा देखेपछि पुनर्वासकै चेलि रहेको जानकारी संगै खोजविन गरि आफुले पुनर्वासमा आउन निम्तो गरेपछि आज सम्मान गर्ने अवसर जुरेको नगर प्रमुख शर्माले बताउनुभयो ।
उहाँले बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिका र उनका परिवारलाई बधाई तथा शुभकामना दिनुभएको थियो।नगर उप प्रमुख भुलिया कुमारी रानाले दृढ संकल्प सहित खेल प्रति लगनशीलता भएमा जुनसुकै खेलाडीले लक्ष्य हासिल गर्न सक्छ जुन आज स्वस्तिकाले हासिल गरेकि छिन भनाइ राख्नुभयो ।
खेलको माध्यमबाट राष्ट्र संगै खेलाडी स्वंय आफुलाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने स्वस्तिका उदाहरण को पात्र भएको नगर उप प्रमुख रानाले टिप्पणी गर्नुभयो। जीवन ज्योति मावि प्र अ भरतकुमार बस्नेतले स्वस्तिकाको जित हामी सबै पुनर्वासिको जित भएको कुरामा जोड दिंदै उनलेे प्राप्त गरेको जितमा सबैभन्दा बढी आफूले खुसी महसुस गरेको बताउनुभयो। आफ्नै बिद्यालय कि छात्रा तथा आफुले पढाएको बिध्यार्थिले अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेर स्वर्णपदक जित्न सफल हुनुले अत्यन्तै खुसी लागेको प्र अ बस्नेतले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष मित्र सिंह लामाले खेलाडीलाई हौसला प्रदान गर्दै संरक्षण गरिनु राष्ट्र को दायित्व भएको कुरामा जोड दिंदै खेलाडी प्रति कसैले पनि कुनै भेदभाव गर्न नहुने बताउनुभयो । अन्तर्राष्ट्रिय खेलाडी तथा पुनर्वास ६ निवासी स्वस्तिकालाई आफ्नै वडामा सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । स्वस्तिकाले गत कार्तिक १६ गते अर्थात नोभेम्बर १ मा बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरि सेमिफाइनलमा पुग्दै ब्राजिलकै बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेस्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चनपुर पुनर्वास नगरपालिका ६ निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस