धनबहादुर बिक,पुनर्वास – १८ पौष।हरेक बर्षझैं यस बर्ष पनि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा जङ्गली हात्तीको बथानले बालीनालीमा क्षति पुर्याएको छ ।
बुधबार राति गाउँ पसेको हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको स्थानीय पदम परियारले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बच्चा सहित ३०/३५ को सङ्ख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेको र उज्यालो हुँदा नजिकैको भारतीय दुधुवा नेशनल पार्क भित्र प्रवेश गरेको छ ।जंगली हातिले केशव प्रशाद तिमिल्सिना को पाँच कठ्ठा उखु नष्ट पारेको छ भने तुलसि सार्की को १ बिगाह मा उत्पादन गरिएको गँहु बाली नोक्सान गरेको छ । त्यसतै शेरबहादुर थापा को १० कट्ठा गँहु तथा करेसाबारीको केरा , दल बहादुर थापा को १० कट्ठा गँहु वारि नोक्सान गरेको छ त्यसैगरी शेरबहादुर थापाको १० कट्टा मा लगाएको गँहु र तोरी तथा करेसाबारी को केरा खेति मा नोक्सान पुर्याएको छ ।हात्ती ले उँखु र गँहु बालि मात्र नभई आसपासको क्षेत्रमा लगाइएको तोरी पनि क्षति गरेको स्थानीयले बताएका छन ।
हरेक बर्ष हात्तीबाट हुने क्षति रोकथाम गर्न बिधुत्तिय तारबार भएपनि बिधुत्त पावर कम हुदा हात्ती रोकथाम हुन नसकेको दुधवा नेसनल हात्ती रोथाम संघर्ष समिति अध्यक्ष केशव प्रसाद तिमिल्सिनाले बताउनुभयो।हात्तीले हिँउदे बालि मात्रै नभएर बर्षे बाली समेत नोक्सान गर्दै आएको पिडित तिमिल्सिनाले बताउनुभयो ।
उँखु बाली काट्ने योग्य र गँहु बाली हरियाली हुदै गरेको अवस्थामा एक्कासि हात्ती को बथानले नोक्सान गर्न थालेपछि त्याहाँका किसानहरू निरास हुन थालेका छन । हात्ती बालिमा पस्न सुरु गरेपछि गाउँमा त्रास छाएको छ।हात्तीले नोक्सान गर्न थालेपछि हात्ती धपाउन जाग्राम बस्ने योजना बनाउन थालेको समाजसेवी मदन बिकले बताउनुभयो।भारतीय दुधुवा नेशनल पार्क नजिक हात्तीको बथानरहेको र दोदा नदी तरेर जुनसुकै बेला पनि गाउँ पस्न सक्ने हुँदा किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले अपिल गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस