२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

पत्रकार सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार 


  • २०८१ पौष १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ४४९ पाठक संख्या
  • कञ्चनपुर १५ पुष।कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। भीमदत्त नगरपालिका–१, भाँसी महेन्द्रनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले पत्रकार सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरेको हो।

    सोमबार १८औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सिनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएको एफएमले जनाएको छ। शुक्लाफाँटा रेडियो तथा पत्रिकामा कार्यरत पत्रकार सिनाललाई एफएमले नगद ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पत्रकार सिनालाई नगद रकम हस्तान्तरणका साथै प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट