२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

हात्ती नियन्त्रणको माग अघि सारेर काँग्रेस नेता गुरुङ्गले प्रचण्डलाई बुझाए ज्ञापन 


  • २०८१ पौष १४, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ३३७ पाठक संख्या
  • किशोर तामाङ पुष १४।सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ ।

    भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधनका लागि शनिबार पुनर्वासमा पुगेका प्रचण्डलाई काँग्रेस नेता गुरुङ्गले ज्ञापन पत्र बुझाएका हुन।समाजसेवी समेत रहेका काँग्रेस नेता गुरुङ्गले कञ्चनपुरमा हात्तीको तिव्र आतङ्क नियन्त्रण लागि तीनै तहका सरकारले कुनै पहल नगरेको भन्दै ज्ञापन पत्र बुझाएका छन ।

    जिल्लाका तीनै तहमा अहिले काँग्रेस एमाले नेतृत्वमा सरकार भएपनि उनीहरुले प्रभावकारी पहल नगर्दा महिनै पिच्छे हात्तीले नागरिकको ज्यान लिनेदेखि धनजन, अन्नबाली, भौतिक सरक्षमा क्षति पु¥याईरहेको भन्दै प्रमुख प्रतिपक्षीय दलका हिसाबले पहल गरिदिन आग्रह गरेका थिए।ज्ञापन पत्र बुझ्दै प्रमुख प्रतिपक्षीय दलका नेता एव पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन । काँग्रेस, एमाले अहिले सुप प्रदेश र संघीय सरकारमा भएपनि काँग्रेस नेताले सत्ता गुरुङ्गले विपक्षी दलका नेता प्रचण्डप्रति विश्वास गरेर लालझाडी सहित कञ्चनपुरमा हात्तीको आतङ्क रोक्न विश्वासका साथ प्रचण्डलाई ज्ञापन बुझाएको कतिपयले अथ्र्याएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट