२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि,औद्योगिक व्यापार मेला सुरु 


  • २०८१ पौष ८, सोमबार मा प्रकाशित ४ महिना अघि
  • १७२ पाठक संख्या
  • बेलौरी,०८ पुस । कञ्चनपुरको बेलौरीमा सोमबारदेखि तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सञ्चालन भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजना तथा बेलौरी नगरपालिकाको सह-आयोजनामा बेलौरीको खुलामञ्चमा सञ्चालन गरिएको महोत्सव पुस १७ गतेसम्म जारी रहने छ । “कृषि, पर्यटन, उद्योग र व्यापार; समृद्ध बेलौरीको मूल आधार” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै कृषि, उद्योग र व्यापार क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनु भएको छ ।महोत्सवमा राखिने स्टलमा स्थानीय कृषि उत्पादन, जैविक वस्तुहरू, हस्तकला, औद्योगिक सामग्री र आधुनिक प्रविधिको प्रदर्शनी गरिने बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको मुख्य आकर्षणमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ । यसका साथै, महोत्सवले स्थानीय संस्कृति झल्काउने विभिन्न गतिविधिहरूलाई प्राथमिकता दिने बताइएको छ । स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग महोत्सवको मुख्य आर्थिक स्रोत हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका वक्ताहरूले बेलौरीका विविध विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट