कञ्चनपुर,०६ पुस। कञ्चनपुरमा पनि एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५ दशमलव २ रेक्टर म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।भूकम्प गएपछि क्षति के कति भयो ?भन्ने बारेमा थप विवरण प्राप्त हुन बाँकी छ । यद्यपि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न भूभाग तथा भारतको केही क्षेत्रमा यसको धक्का महसुस गरिएको छ।
प्रतिक्रिया दिनुहोस