२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना बन हेरालु घाइते


  • २०८१ मंसिर २५, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • २०८ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ मङ्सिर । कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना बन हेरालु घाइते हुनु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित मधु सामुदायिक बन क्षेत्रमा हेरालुका रूपमा कार्यरत अन्दाजी ६० वर्षीय परी बिष्ट मंगलबार साँझ जङ्गली हात्तीको आक्रमणमा परी घाइते हुनु भएको हो । उहाँको कैलालीको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो । बनमै हेरालुको काम गरिरहेको बेला एक्कासि हात्तीले आक्रमण गरी घाइते हुनु भएका बिष्टको छातीमा चोट लागेको बताइएको छ । अहिले जङ्गली हात्तीको बथान लालझाडी बन क्षेत्रमै रहेकाले लालझाडी र पुनर्वासका नागरिकहरूलाई सचेत रहन कुण्डा सबडिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट