२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

बेलौरीको ढक्काचाँदरमा रहेको नवनिर्मित कृष्ण मन्दिर उद्घाटन 


  • २०८१ मंसिर १९, बुधबार मा प्रकाशित १ साल अघि
  • २७६ पाठक संख्या
  • माधब पौडेल, १९ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादरमा रहेको नवनिर्मित कृष्ण मन्दिर मन्दिरमा मूर्ति प्रतिष्ठापन गर्दै बुधबार उद्घाटन भएको छ। कोपिला माछापालन कृषक समूहको तालको बीचमा बेलौरी नगरपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१मा मन्दिर निर्माणका लागि रु ५ लाख र आर्थिक वर्ष २०८१/०८२को २ लाख रुपैयाँ मूर्ति प्रतिष्ठान र रङरोगनमा खर्च गरिएको बेलौरी नगरपालिका वडा नं ६ का वडाध्यक्ष भोजराज चौधरीले जानकारी दिनुभयो।कोपिला माछापालन कृषक समूहका अध्यक्षका सिद्धि चौधरीका अनुसार यस मन्दिर निर्माणका लागि बेलौरी नगरपालिका वडा नम्बर ६ कार्यालय र माछापालन कृषक समूहको लगानी मन्दिर निर्माण गरिएको बताउनुभयो। उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, नगर उपप्रमुख जोगराम चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य कमला बोहरा लगायत धर्म प्रति आस्था राख्ने भक्तजनहरुको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट