२०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

स्थानीय सेवा गठन संचालन सम्बन्धि विधेयक माथिको राय सुझाव संकलन कैलालीमा


  • २०८१ मंसिर १४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३४१ पाठक संख्या
  • केशब भट्ट, मंसिर १४, कैलाली।सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन संचालन तथा सेवाको सर्त सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक माथिको राय सुझाव संकलन अन्तर्गत शुक्रबार कैलालीमा गरिएको छ।सुदुरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट नेतृत्वको टिमले कैलालीको टीकापुरमा राय सुझाव संकलन गरेको हो।यसअघि प्रदेश विधायन तथा प्रदेश मामिला समितिले कार्तिक ९ गतेदेखी १२ गतेसम्म प्रदेशका पहाडी जिल्ला बझाङको केदारस्यु गाउँपालिका, जयपृथ्बी नगपालिका र डडेल्धुराको अमरगढी नगरपालिका सुझाव संकलन गरिएको समितिका सभापति दिवान सिंह बिष्टले बताउनुभयो।विधायन तथा प्रदेश मामिला समिति सभापति बिष्ट कानुन निर्माणमा सक्रिय रहेका छन। सुझाव संकलनमा सभापति बिष्ट सहित समितिका सदस्यहरु लगायत कर्मचारीको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट