२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

भीमदत्त ६ का दलित समुदाय भन्छन,‘यस अघि अरुलाई हेरौँ यस पटक माओवादीका कोलीलाई हेछौँ’


  • २०८१ मंसिर १२, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ९२ पाठक संख्या
  • अनिल दमाई,कञ्चनपुर, मंसिर,१६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा दलित समुदायका अगुवा एव समाजसेवी नानाराम कोलीलाई नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन ।

    यस पटक भीनपा ६ वडाध्यक्ष पदका लागि नेकपा माअ‍ोवादीले दलित समुदायबाट उम्मेदवार अघि सारेको छ । मुक्त हलिया, दलित, विपन्न गरिब समुदायको हक अधिकारका साथै समाजिक क्षेत्रमा काम गर्दै आएका नानाराम कोली दलित समुदायबाट एक्ला उम्मेदवार हुन । विभिन्न १० राजनीतिक दल र दुई स्वतन्त्र गरेर १२ उम्मेदवार वडाध्यक्षको दौडमा छन, तर दलित समुदायबाट माओवादीका मात्रै उम्मेदबार चुनावी मैदानमा होमिएका हुन । अन्य राजनीतिक दलले भाषण र घोषणा पत्रमा दलित समुदायलाई राजनीतिक मुल धारमा ल्याउने घोषणा गरेपनि सिफारिस भएका दलित समुदायलाई टिकट बाटै बञ्चित गरेपनि माओवादीले जातिय रुपमा उत्पिडनमा परेका दलित समुदायकै कोलीलाई अघि सारेका छन ।

    माओवादी केन्द्रले दलित समुदाय अघि सारेपछि भीनपा ६का दलित समुदाय हर्षित भएका छन । उनीहरुले यस अघि पटक पटक अन्य समुदायलाई हेरेको अहिले माअ‍ोवादी उम्मेदवार सहयोग गर्ने बताईरहेका छन । दलित समुदायको समेत बाहुत्यता रहेको भीनपा ६का केही दलित समुदायका अगुवा एव स्थानीयले सहयोगको अपेक्षा गरेका छन । राजनीतिक मुल धारमा सबै समुदायको उत्थानका लागि खटिएको माओवादीलाई एक पटक सहयोग गर्ने घोषणा गरिरहेका छन ।

    भीनपा ६ दलित समुदायका अगुवा पदम लुहारले काँग्रेस, एमाले, राप्रपा सहितका दलहरुले दलितलाई भोट बैंकका रुपमा प्रयोग गरेको बताए । ‘हामीले यस अघि पटक पटक काँग्रेस, एमालेका अन्य उम्मेदवारलाई सघायौैँ, ‘उनले भने, ‘वास्तविक माओवादीले अघि सारेका उम्मेदवारलाई पनि सघाउँछु ।’ उनले यस अघिका स्थानीय तह निर्वाचनमा काँग्रेस, एमाले हेरेको अहिले माओवादीको पालो भएको बताए ।

    अर्का दलित समुदायकी महिला रुपा सुनारले माओवादीले दलित समुदायबाटै उम्मेदवार अघि सारेर सिङ्गो दलित समुदायमा खुसी छाएको बताए । ‘वास्तविक रुपमा यस अघि दलित समुदायलाई काँग्रेस, एमाले, राप्रपा सहितका दलले प्रयोग मात्रै ग¥यो। ‘माओवादीले दलितबाटै उम्मेदवार अघि सारेर हाम्रो उत्थान गर्न खोजेको छ ।’

    दलित समुदायका युवा जगिराम सार्कीले अन्य दलहरुले दलित समुदाय प्रयोग मात्रै गरेको अहिले वास्तविक रुपमा दलित समुदाय अघि सारेको बताउनुभयो ।दलित समुदायका लागि अन्य दलले चुनावमा मात्रै प्रयोग गरेको तर अहिले माअ‍ोवादीले दलित समुदाय अघि सारेको बताउनुभयो ।

    दलित समुदायका विद्यार्थी प्रेम सिह पार्कीले अन्य दलहरुले दलित समुदायलाई जहिल्यै प्रयोग गरेको तर टिकट दिने बेला अन्य समुदायलाई दिने गरेको बताउँदै यस पटक माओवादीकै उम्मेदबारलाई अघि सार्ने बताउनुभयो ।

    दलित समुदाय मात्रै नभई थारु समुदाय, गैर दलित समुदाय समेत माओवादीको एजेण्डामा सहमत भएको देखिएका छन । अन्य दलहरुले दलित, विपन्न, थारुको नाम देखाएर आफु सत्तामा जाने काम गरेको तर, माओवादीले ०७४देखि ०७९सम्मका निर्वाचनमा वास्तविक दलित, महिला, युवा, जनजाती अघि सारेको बताएका छन ।

    थारु समुदायका युवक रोशन चौधरीले गाँउमा थारुको नारा दिएर केही दल समुह सलबलाएपनि आफुहरुपनि माओवादीकै उम्मेदबारका पक्षमा देखिएको बताउनुभयो। अन्य गैर दलित समुदायका जनक जोशीले पनि माअ‍ोवादीको एजेण्डा सबै वर्ग समुदायको भएकाले उतैतिर सहयोग गर्ने प्रण गरेका छन । जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम गर्छु, वडाको भ्रष्टाचारदेखि सार्वजनिक सरकारी अतिक्रमित सरकारी जमिन खाली गराउँछु । वडामा देखिएको डुवान, सिँचाई, बेरोजारी, जनतालाई जमिनको मालिक बनाउँछु । खानेपानी, सडक, विद्यालय सुधार, खानेपानीको विस्तार गर्छु, एकल महिला, दलित, जनजाती विपन्न समुदायलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्छु । वडामा नवराज शिशु जन्मिने वित्तिकै एक हजार प्रोत्साहत भत्ता दिन्छु । निःशुल्क एम्बुलेन्स सेवा, शव बहानको सुविधा बनाउँछु । मुक्त छुट हलिया, कमैयाको पुर्नस्थापना गर्छु, विपन्न एव जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षादेखिका परम्परागत सीपलाई आधुनिकरीकरण गर्दै व्यवसायीकता विकास गर्छु । मलाई र मेरो पाटीलाई आम मतदाताले रुचाईसकेका छन । पाटीको सुशासन र दीगो विकास सम्बृद्धिको एजेण्डामा जनता उत्साहित छन । माओवादी उम्मेदबार नानाराम कोली जिताउनका लागि माओवादी केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मान बहादुर सुनार, अर्का केन्द्रीय सदस्य माया नेगी सहितका नेता कार्यकर्ताहरु खटिए

    का छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट