२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरी नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु


  • २०८१ मंसिर १०, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • १५१ पाठक संख्या
  • माधब पौडेल/हरिशचन्द्र बाग १० मङसिर। कञ्चनपुरको बेलौरी नगरपालिका महिला विकाश शाखाको आयोजनामा सोमबार “हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।

    इलाका प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल, प्रस्तावित गुल्म, CMC नेपाल ,CDC, पीसवित, मर्सिकोर,TPO, निड्स नेपाल नेपाल (M-Red),MERCY CHLORPS, शान्ति पुनस्थापना ग्रह, OCMC, मानव अधिकार संरक्षण समूह, बेलौरी नगर सञ्जाल लगायतको समन्वयमा सोमबार बेलौरी बजारमा प्रभातफेरि कार्यक्रम गर्दै नगरपालिकाको सभाहलमा बेलौरी नगरपालिका महिला विकाश शाखाका सहायक महिला विकाश निरीक्षक गणेश कुमारी चौधरी, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, कार्यपालिका सदस्य,वडा सदस्य, बेलौरी नगरपालिकाका विभिन्न शाखाका प्रमुख,मानव अधिकारकर्मी चित्रकला चापागाईं, प्रस्ताविक सशस्त्र प्रहरी बल गुल्म बेलौरीका प्रमुख सन्दिप अर्याल, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्द लगायत सरोकार राख्ने निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।बेलौरी नगरपालिकाले वडास्तरमा मङ्सिर ११ गते १०नम्बर वडाबाट सुरु गरेर वडा नम्बर १ सम्म कार्यक्रम गर्दै मङ्सिर २५ गते नगरपालिकाको सभाहलमा समापन गरिने बेलौरी नगरपालिकाका महिला विकाश शाखाका प्रमुख बिमला बजगाईंले जानकारी दिनुभयो।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खालका हिंसाको अन्त्य गर्न सकिने बताएका छन्। कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले अन्तरराष्ट्रिय स्तरमा आजकै दिन महिला हिंसाको अन्त्य गरिएको हुनाले सोही अवसरमा १६ दिन सम्म मनाउने गरेको बताउनुभयो। कार्यक्रमको प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले १६दिन लाई सम्झनाको रूपमा मनाइने लैंगिक हिंसा विरुद्धको अभियानका रुपमा मनाउने बताउँदै कसैप्रति भेदभाव गर्ने हुँदैन भन्ने मनसाय राख्नुपर्ने बताउनुभयो।बेलौरी नगरपालिकाका गाउँघर, समाजमा गरिने भेदभावको समेत अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो। कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका महिला विकाश शाखाका प्रमुख बिमला बजगाईंले गर्नुभएको थियो।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट