२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

हुलाकी सडक अन्तर्गत बेलौरीदेखि रिछाहसम्मको सडक निर्माणमा ढिलाई भएपछि स्थानीयले गरे अवरोध


  • २०८१ मंसिर ९, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • १४१ पाठक संख्या
  • माधब पौडेल,०९मंसिर। कञ्चनपुरको बेलौरीदेखि डोकेबजार जोड्ने हुलाकी सडक अन्तर्गत लक्ष्मी स्विट्सबाट रिछहाको कृष्ण मन्दिरसम्म कालेपत्र हुनुपर्ने बाटो करिब ७ वर्षदेखि अलपत्र छोडी काम नगरेको भन्दै स्थानियहरुले आईतबार करिब ३ घण्टासम्म सडक अवरोध गरेपछि निर्माण कम्पनीसंग सहमति भएपछि खुलेको छ।बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीको सहजीकरणमा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सन्दिप अर्याल र इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दको उपस्थितिमा स्थानीयहरुबिच ठेकदार कम्पनीका प्रतिनिधिसंग टेलिफोनमा सम्वाद पछि ठेकदार कम्पनीले ३ दिनभित्र निर्माण कार्य अगाडि बढाउने सहमति भएपछि बेलौरीदेखि रिछाहको सडक खुला भएको छ। सडक निर्माण नहुँदा बाटो धुलाम्मे भई हिडडुल गर्न समेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ।स्थानियहरुले सडक निर्माणका लागि पटक पटक बेलौरी नगरपालिकाका नगर प्रमुख लाई भेटेर सडक निर्माणलाई अगाडि बढाउन डेलीकेशन लिएर जाँदा समेत नगरप्रमुख चौधरीले कुनै पहल नगरेको स्थानियको आरोप छ। त्यस विषयमा नगरप्रमुख चौधरीले आफूले ठेकेदार कम्पनीका प्रतिनिधिलाई बाटो निर्माण कार्यलाई छिटो सुरु गर्ने विषयमा छलफल गरेको बताउँदै तीन दिनभित्र निर्माण कार्य सुरु हुने बताउनुभयो।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट