माधब पौडेल,०९मंसिर।कञ्चनपुरको बेलौरीमा निडस नेपाल र मार्सिकोर नेपालको संयुक्त साझेदारीमा संचालित एम- रेड कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ दिने आधारभूत प्राथामिक उपचार तालिम आईतबार सम्पन्न भएको छ।निडस नेपालको एमरेड कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिका वडा नम्बर १,२,३,४ र ६,बेलौरी नगरपालिका वडा नम्बर ४ र ५ का २४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँघरमै सहज रूपले प्राथामिक उपचार गर्न सहज् होस् भन्ने उद्देश्यले लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाको वडा नम्बर ५ मा प्रत्येक वर्ष दोदा नदीले बाढी लगायत अन्य विपदले निरन्तर धनजनको क्षति हुने भएकोले त्यहाँको स्थानीय महिला स्वयंसेविकाहरुलाई ४ दिने आधारभूत प्राथामिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको निडस नेपालका कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो।समापन कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो। तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरका ४ जना प्रशिक्षकले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण गरेका थिए। समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जनता अत्यावश्यक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने निडस नेपाल र मर्सीकोर नेपाल लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यकममा साझेदारी गर्न तयार रहेको बताउनुभयो।सहभागीहरू लागि तालिम लिई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो।
प्रतिक्रिया दिनुहोस