कञ्चनपुर, मंसिर ८।कञ्चनपुरमा २३औँ जनमुक्ति सेना दिवस मनाईएको छ । जिल्लाका पुर्व माओवादी जनमुक्ति सेनाले शनिबार जनमुक्ति सेना दिवस मनाईएको हो । दिवस कार्यक्रममा पुर्व जनमुक्ति सेनाका पुर्व कमाण्डरदेखि जनमुक्ति सेनाले जनमुक्ति सेनाकै संघर्षका कारण वर्तमान राजनैतिक व्यवस्था आएको र उच्च योगदान रहेको बताएका छन ।
दिवस एव भेलाले भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरको अध्यक्षमा जित बहादुुर करियाकङग्रहवा(अजित)को अध्यक्षतमा २१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । उपाध्यक्षद्वय पदम राना(सुबास),लाल बहादुर धानुक, सचिव बहादुर सिंह महरा(सन्दर्भ),सह सचिव जय सिह भण्डारी, कोषाध्यक्ष रोजिना खत्री, सदस्य चक्र बहादुर बोहरा(शेरम),कसब शाह(सागर), पुनाराम डगौरा,जनकराज गिरी(मैदान),निर्मला चौधरी, दिप धामी, सुरेन्द्र विक लगायतका सदस्यहरु रहेका छन । भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरका सचिव बहादुर सिंह महरा(सन्दर्भ)ले ईतिहास रक्षात्मकदेखि जनमुक्ति सेनाको योगदान देश निर्माणका लागि भएकाले आगामी दिनमा समेत देश विकासका लागि गर्ने प्रण गरेका छन। कार्यक्रममा जिल्लाभरीका पुर्व माओवादी लडाकु सहभागि थिए। तत्कालीन माओवादीले परिर्वतनका लागि संघर्षका लागि २३ बर्ष अघि जनमुक्ति सेना बनाएको थियो।
प्रतिक्रिया दिनुहोस