२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरीका रानाले बेतकोटको बैजनाथ मन्दिर परिसरमा गरे बृहत भण्डारा


  • २०८१ मंसिर ८, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • ४२१ पाठक संख्या
  • माधब पौडेल, ०८कञ्चनपुरको बेलौरी नगरपालिकाका वडा नम्बर २ गोकलपुरका गङ्गाराम रानाले बेतकोट धाममा शुक्रबार सत्यनारायण कथा हवन भजनकृतन र शनिबार बृहत भण्डारा गरेका छन्।रानाले हजुरबुवा गिरिधारीलाल रानाको स्मृतिमा बेतकोट नगरपालिका वडा नम्बर ३ को बेदकोट ताल परिसरमा रहेको बैजनाथ मन्दिरमा दुई दिवसीय पूजा पाठ सहित भण्डारा गरेको गङ्गाराम रानाले जानकारी दिनुभयो।रानाका हजुरबुवा गिरिधारीलाल रानाले करिब ७० वर्ष पहिला गृहस्थ जीवन त्याग गरेर सन्यासी जीवनका लागि बैजनाथ मन्दिरमा बसेको र मृत्यु पनि सोही ठाउँमा भएको नाति गङ्गाराम रानाले जानकारी दिनुभयो।शनिबार आयोजना गरेको बृहत भण्डारा कार्यक्रममा बर्दिया, कैलाली,र कञ्चनपुर गरी करिब ७ सय जनाको उपस्थिति रहेको प्रसाद ग्रहण गरेको रानाले बताउनुभयो। राना लगायत आफन्त इष्टमित्रको सहयोगमा ३७ जना एकल महिलालाई धोती कपडा प्रदान गरिएको लालझाडी गाउँपालिका वडा नम्बर ४बस्ने दादि रानाले जानकारी दिनुभयो।रानाका अनुसार हामीले यस क्षेत्रमा प्रत्येक वर्ष पूजाआजा गर्दै आइरहेको र यस वर्ष हामीले सबै इष्टमित्रहरु मिली पित्रीको सम्झनामा २दिने पूजाआजा सहित भण्डारा गरेको समेत बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट