२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

पेशागत महासंघ नेपाल,बेलौरी नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न :अध्यक्षमा भट्ट 


  • २०८१ मंसिर ७, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • ३०० पाठक संख्या
  • माधब पौडेल,०७मंसिर।कञ्चनपुरको बेलौरीमा”समृद्ध नेपाल सुखी जीवन,गुणस्तरीय सेवा जिम्मेवार ट्रेड युनियन”भन्ने मूल नाराका साथ शुक्रबार पेशागत महासंघ नेपाल,बेलौरी नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।पेशागत महासंघ नेपाल,बेलौरी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट ९ सदस्य समिति चयन भएको छ।अध्यक्षमा जनक भट्ट,उपाध्यक्षमा नरेन्द्र चन्द, अनिता पाण्डेय (भट्ट),सचिवमा विष्णुप्रसाद तिवारी,सहसचिवमा कर्णबहादुर कुँवर, कोषाध्यक्षमा युवराज अर्याल, सदस्यहरूमा दुर्गा चौधरी,ईश्वरी गुरुङ र शिवराज जोशी चयन भएका छन।कार्यक्रमको सभापति पेशागत महासंघ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष राजेन्द्र बिष्ट, प्रमुख अतिथि पेशागत महासंघ केन्द्रीय सदस्य जयन्ती पन्त, विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेल, अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, नेकपा एमाले सचिवालय सदस्य एवं पेशागत इन्चार्ज रामचन्द्र रेग्मी, पेशागत महासङ्घ नेपाल सुदूरपश्चिम महासचिव कमल चन्द, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगर इन्चार्ज धनेश दत्त पन्त, जिल्ला कमिटी सदस्य एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्द लगायत पार्टीको विभिन्न पेशामा रहेका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।कञ्चनपुरका ९ वटै पालिकामा पौष मसान्तसम्म अधिबेशन गरिसक्ने कार्ययोजना रहेको र सुदुरपश्चिम प्रदेशको पहिलो अधिबेशन गर्ने पालिका बेलौरी भएको पेशागत महासंघ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी दिनुभयो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट