लालझाडी,०६ मंसिर।काठमाडौँको ताहाचल स्थित होटेल ह्यात प्लेसमा स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्यथा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर समारोह सम्पन्न भएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल तथा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको सहभागिता रहेको थियो। त्रिपक्षीय समझदारीपत्रमा लालझाडी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर पश्चात समझदारीपत्रको एक प्रति गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाईलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकाको केन्द्र जोड्न वडा नं ६ को चानदेव देखि वडा नं २ को कञ्ज सम्मको १३.६ किलोमिटर सडक कालोपत्रे गरिने समेत प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताउनुभयो। उक्त आयोजनाका कार्यान्वयन का लागि सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रारम्भिक वाताबरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गराई ठेक्का आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको र पुष मसान्तसम्ममा सम्झौता भै कार्यान्वयनमा लैजाने तयारी भैरहेको जनाइएको छ।
विश्व बैंक (World Bank) को सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलोचरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच (World Bank) विश्व बैंकको १०० मलियिन र नेपाल सरकारको २८ मलियिन गरी कुल १२८ मलियिन अमेरकी डलर (करिब १७ अर्ब १५ करोड नेपाली रुपैयाँ) बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) कार्यान्वयनका लागि कार्यक्रममा तीन चरणको आयोजनामध्ये चरणमा नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय र सुदूरपश्चिम,कर्णाली एवं मधेश प्रदेशका स्थानीय तहमध्ये ११ वटा पालिकाहरू बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो। जसमा कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस