माधब पौडेल, २७कार्तिक।कञ्चनपुरको बेलौरीमा रहेको नेपाल शिक्षक महासंघ बेलौरी नगर समितिले मङ्गलबार बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीलाई ३० बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको छ।महासंघको गत असाेज ११ गतेको निर्णय अनुसार नगरप्रमुख ,नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखालाई संयुक्त रूपमा अध्यक्ष प्रेम प्रसाद अधिकारी र सचिव टेक सिंह बिष्टको हस्ताक्षरमा निम्न बुँदा सहितको १.नगर शिक्षा समितिलाई यथासिघ्र पूर्णता दिइयोस २.विगत लामो समय देखि रिक्त रहेको शिक्षा शाखा प्रमुखको पदपूर्ति यथासिघ्र गरियोस ३.सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान स्थानीय आवश्यकतानुसार विषयगत र तहगत आधारमा गरियोस ४.प्र.अ. को नियुक्ति नियमानुसार गरी समयानुकुल प्रोत्साहन भत्ताको व्यवस्था गरियोस,५.शिक्षक तथा कर्मचारीहरुको तलव भत्ता मासिक रुपमा EFT मार्फत सोझै शिक्षकको खातामा हाल्ने व्यवस्था मिलाइयोस् ६.सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुलाई निश्चित मापदण्ड र कार्यविधि बनाई नगर अनुदान शिक्षक/कर्मचारीमा परिणत गरी तलव भत्ता समेत नगरपालिकाबाटै ग्यारेन्टी गरियोस ७.विद्यालय कर्मचारी (लेखापाल) को तलबमा अपुग भएको रकम यथासिघ्र प्रदान गरियोस्,८.’हाम्रो बेलौरी’ स्थानीय विषयको पाठ्यपुस्तक विज्ञ शिक्षक समुहद्वारा यथासिघ्र तयार गरी यसै शैक्षिक सत्र भित्र विद्यार्थीहरुको हात हातमा पुग्ने व्यवस्था मिलाइयोस् ९.सबै विद्यालयमा विद्यालय सञ्चालन (१०-४ बजे, दिन समेत) एक रुपता कायम गरियोस् १०.तहगत र विषयगत रुपमा बिना भेदभाव समावेशी रुपमा सबैलाई अनिवार्य रुपमा शिक्षककी क्षमता विकास तालिमको अवसर दिइयोस् ११.विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम राम्रो भए पनि रु १५। ज्यादै न्यून भएकोले रकम थप गरी माथिल्लो कक्षा सम्म सेवा विस्तार गरियोस १२.बाल विकास शिक्षकको तलव भत्ता प्राथमिक तह तृतीय श्रेणी सरह कायमका लागि पहल गरियोस १३.विद्यालयका कर्मचारी लेखापाललाई ना.सु. र कार्यालय सहयोगीलाई श्रेणी विहिन कर्मचारी सरहको त.भ.को लागि पहल गरियोस् १४.,विद्यार्थी प्रोत्साहनका लागि विभिन्न शीर्षकमा छात्रवृत्तिको व्यवस्था स्थानीय तहबाट गरियोस् १५.ट्युसन, कोचिङ जस्ता विद्यालय वाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गरियोस,१६.ट्युसन, कोचिङ जस्ता विद्यालय वाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गरियोस १७.महिला सामाजिक सुरक्षाको निम्ति पालिका स्तरीय न्यायिक समिति मार्फत कानुनी साक्षरता कक्षा साथै अभिभावक शिक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस १८.पेशागत क्षमता विकास र शैक्षिक गुणस्तर सुधारका लागि सबै विद्यालयहरुमा नियमित सुपरिवेक्षणको व्यवस्था गरियोस १८.आधारभूत तहका विद्यार्थीहरुको लागि समेत राष्ट्रपति खेलकुद र बौद्धिक कार्यक्रम जस्ता अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने व्यवस्था यथासिघ्र मिलाइयोस् ।१९.शैक्षिक कार्यपात्रो निर्माण, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन जस्ता हरेक शैक्षिक गतिविधिहरुमा शिक्षक महासङ्घको प्रतिनिधित्व अनिवार्य गराइयोस् २०.विद्यालयमा हरेक शुक्रबारलाई Book Free Day का रुपमा सञ्चालन गर्न नितिगत व्यवस्था गरी कार्यान्वयन गरियोस् २१.प्राविधिक धारतर्फका प्रशिक्षक/सहायक प्रशिक्षक र प्रत्येक विद्यालयका खेल शिक्षकलाई तालिम एवम् थप प्रोत्साहनको व्यवस्था गरियोस् २२.आधारभूत तहमा लेखा सम्बन्धी काम गर्ने कर्मचारीको व्यवस्था गरियोस्,२३.शिक्षकको पेशागत ज्ञान एवं शैक्षिक अभिवृद्धिका लागि तहगत एवम् विषयगत शिक्षक सम्मेलन गर्ने व्यवस्था मिलाइयोस् २४.विद्यालयमा कार्यरत राहत, तत्कालिन, उ.मा.वि. अस्थाई/करार, संघीय अनुदान, विद्यालय कर्मचारी (लेखापाल एवम् सहयोगी) र बालविकास आदि सबै प्रकारका शिक्षकहरुको बिरामी बिदाको नगरपालिकामा अभिलेखीकरण गर्ने व्यवस्था अनिवार्य मिलाइयोस् साथै सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि पहल गरियोस् २५.जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको शैक्षिक एवम् भौतिक पूर्वाधार निर्माण, मर्मत सम्भार गर्ने व्यवस्था मिलाइयोस् २६.निजी विद्यालयका शिक्षकहरुका लागि पनि शिक्षण अनुमतिपत्र नियुक्ति, नेपाल सरकारले तोके बमोजिमको तलबभत्ता दिने नितिगत व्यवस्था गरी कार्यान्वयन गरियोस साथै सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आवश्यक पहल कदम लिइयोस् २७.नगरपालिका भित्र कार्यरत शिक्षक, कर्मचारी र वि.व्य.स.को कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट शिक्षक/कर्मचारी/वि.व्य.स. घोषणा गर्ने कार्यको थालनी गरियोस् २८.गत वर्ष सञ्चालन गरिएको कक्षा ८ को बेलौरी नगरपालिका स्तरीय आधारभूत तह परीक्षा प्रशंसनीय छ साथै सम्भव भएमा चालु शैक्षिक सत्रबाट कक्षा ५ को परीक्षा वडा स्तरमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस् २९.नेपाल शिक्षक महासङ्घ बेलौरी नगर कार्यसमितिको लागि छुट्टै कार्यालयको व्यवस्था गरियोस् र ३०. विद्यार्थीलाई प्रभावकारी शिक्षण र शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि ICT प्रविधिमा पहुँच बढाउन “एक शिक्षक एक ल्यापटप कार्यक्रम” निश्चित मापदण्ड तय गरी चालु शैक्षिक सत्र भित्रै यथाशीघ्र ल्याइयोस् भन्ने माग सहितको ३०बुँदे ज्ञापन पत्र बुझाइएको नेपाली शिक्षक महासंघ बेलौरी नगर समितिका अध्यक्ष प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो। ज्ञापनपत्र बुझ्दै नगरप्रमुख चौधरीले छिट्टै नगर शिक्षा समिति गठन प्रक्रिया र यसै आर्थिक वर्षमा शिक्षकहरुको दरबन्दी मिलान गरिने बताउँदै दरबन्दी मिलान प्रक्रियामा गए निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई पालिकाबाट दिइने अनुदान दिन नसक्ने बताउनुभयो।पालिकाबाट शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवश्यक पहल गरिने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस