२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

बेलौरीमा रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा सम्पन्न


  • २०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १६५ पाठक संख्या
  • माधब पौडेल,२३ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सिंह बिष्ट, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रतिनिधि रोहित भट्ट लगायत संस्थाका सञ्चालक समिति प्रतिनिधि,लेखा समिति सदस्य,कर्जा व्यवस्थापन समितिहरुको सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक शेर सिंह भण्डारीले राख्नुभएको थियो।साधारण सभामा संस्थाका अध्यक्ष सुरेन्द्र सिंह बिष्टले आर्थिक वर्ष २०८०/०८१को कुल आयव्यय ३करोड ८४ लाख ५९ हजार २सय ८६ रुपैयाँ ५३पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो। संस्थाले दैनिक,मासिक खुत्रुके बचतमाफर्त बचत संकलन गर्दैआइरहेको समेत अध्यक्ष बिष्टले बताउनुभयो।संस्थाले आफ्नो संस्थामा सदस्य रहेको व्यक्तिको मृत्यु भए पश्चात् क्रियाखर्च,संस्थाका महिला सदस्यहरुको हकमा २ वटा सन्तानसम्म जन्माउने सदस्यहरुलाई सहयोग गर्दैआइरहेको समेत बताउनुभयो। संस्थाले कृषि प्रयोजनका लागि मलखाद लगायत बीउबिजन सहुलियत दरमा दिँदै आएको छ।संस्थामा ३ सय ९८ जना सेयर सदस्य रहेकोसिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापक जयसरा के सी ले जानकारी दिनुभयो।आर्थिक वर्ष २०८०/०८१ को लेखा सुपरिक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक शेर सिंह भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख पोतिलाल चौधरीले विगतमा सहकारी संस्थाका लागि नगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउँदै बजेट बनाउने समयमा संस्थाले पहल गरे आफू सहयोग गर्नका लागि आवश्यक बजेट विनियोजित गर्ने प्रतिबद्धता गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रम सञ्चालन सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका सचिव सुरेन्द्र बडुले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट