माधब पौडेल,२० कार्तिक।कञ्चनपुरको लालझाडी गाउँपालिकाका विभिन्न वडामा जंगली हात्तीको बथानले करिब एक महिनादेखि मानविय,भौतिक, अन्नबालीमा क्षति पुर्याउने क्रम रोकिएको छैन। हात्तीको बथानले लालझाडी गाँउपालिका वडा नम्बर ४ पर्सियाका सिताराम रानाको करिब दुई विगाहमा लगाएको उखु समेत सखाप पारिदिएको छ। नगदेबालीका रुपमा रहेको उखु खेती नै हात्तीले सखाप पारिदिएपछि पर्सीयाका उखु किसान राना संकटमा परेका छन।रानाले उखु बेचेरै घरखर्च देखिका कामकाज गर्दै आएका थिए। त्यस्तै मङ्गलबार हात्तीको बथान लालझाडी गाउँपालिका वडा नम्बर ३ नन्दगाउँ नजिक देखिएको स्थानिय अमर सिंह रानाले जानकारी दिनुभयो। रानाका अनुसार अहिले जङ्गली हात्तीको बथान गाउँघरमा प्रवेश गरे भने कुनै मानविय क्षति हुन्छ कि भन्ने डरले हामी गाउँबासीहरु हात्ती भगाउन रातभरि जाग्राम बस्नुपर्ने दुखेसो पोख्नुभयो। जङ्गली हात्तीको झुन्डले एकमहिना यता लालझाडीको १ र बेलौरीको १ गरी २ जनाको ज्यान लिईसकेको छ। ट्याट्ररको सहयोगले स्थानीयहरु मिली ग्रामीण क्षेत्रमा प्रवेश गर्न लागेका हात्तीको बथानलाई धपाइरहेको समेत जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस