२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

लैङ्गिक समानता र सामाजिक समावेशीकरण रणनीति कार्यान्वयनमा सरोकारवालाहरूको जोड 


  • २०८१ कार्तिक १५, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ६५ पाठक संख्या
  • हरिश्चन्द्र बाग / माधव पौडेल, १५कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित एक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले लैङ्गिक समानता र सामाजिक समावेशीकरण रणनीति कार्यान्वयनमा जोड दिनुभएको छ । निड्स नेपालको आयोजना तथा बेलौरी नगरपालिका कार्यालयको समन्वयमा बुधबार आयोजित छलफल कार्यक्रमका सहभागीहरूले नगरपालिकाद्वारा जारी गरी कार्यान्वयनको चरणमा रहेको रणनीतिलाई प्रभावकारी बनाउनु पर्ने सहभागीहरूले औँल्याउनु भयो । बेलौरी नगरपालिका कार्यालयले २०७९ सालमा तयार गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति माथि समूहगत रूपमा छलफल गर्दै कार्यान्वयनको चरणमा रहेका विषयवस्तु र आगामी रणनीतिक योजनाका सम्बन्धमा प्रस्तुतीकरण समेत गरिएको थियो । त्यस क्रममा प्रशिक्षक कुसुम बिष्टले सहजीकरण गर्नुभएको थियो ।

    सशक्त महिला; समृद्ध नेपाल’ परियोजना अन्तर्गत बेलौरी नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति विस्तृत कार्यान्वयन योजना सम्बन्धी छलफल कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रमको समापनका क्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले उक्त रणनीति कार्यान्वयनको चरणमा रहेकोले सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । छलफल कार्यक्रममा बेलौरी नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला विभिन्न शाखाका कर्मचारी, विभिन्न सरोकारवाला सङ्घसंस्था तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट