२०८३ श्रावण २३, शनिबार | Sat, 08, Aug, 2026

कञ्चनपुरको लालझाडीमा हात्तीको आतंक कायमै करिब आधा दर्जन बाख्रा मारिए


  • २०८१ कार्तिक १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ९३७ पाठक संख्या
  • लालझाडी,१४कार्तिक।कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ४को पर्सियामा जंगली हात्तीको झुन्डले केहीदिन यता निरन्तर आतंक मच्चाएका छन्।पशुपन्छीमा समेत क्षति पुर्याईरहेको छन।

    बुधबार लालझाडी गाँउपालिका ४ पर्सियाका रमेश रानाको २, अनोखा रानाको १,आस्था रानाको १,गुडड्डी रानाको १ र महमती रानाको १ गरी ६ वटा बाख्रा कुल्चिदिएर मारिदिएका छन । बाख्रापालक किसानको घरखर्च गुजाराका लागि बिक्री वितरणका गर्न तयार भएका बाख्रालाई हात्तिले कुल्चिएर मारिदिएपछि किसान मारमा परेका छन ।गत असोजदेखि जंगली हात्तीको आक्रमणमा लालझाडी गाउँपालिका वडा नम्बर ४का रामदल राना र बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्का चादरका उमेश चौधरीको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।हात्तीको आक्रमणबाट मानविय, पशुपंक्षी,अन्नबाली, विद्यालय, भौतिक संरचनामा क्षति पुर्याउँदा समेत सरकार पक्षबाट कुनै ठोस कदम नचालेको भन्दै नागरिक रुष्ट बनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट