२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

स्थानीय सेवा गठन संचालन सम्बन्धि विधेयक माथिको राय सुझाव संकलन सुरु


  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • १५३ पाठक संख्या
  • केशब भट्ट,१२ कार्तिक, कंचनपुर।सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन संचालन तथा सेवाको सर्त सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक माथिको राय सुझाव संकलन सुरु गरिएको छ। सुदुरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट नेतृत्वको टिमले प्रदेशका पहाडी जिल्लामा राय सुझाव संकलन गरेको हो।प्रदेश विधायन तथा प्रदेश मामिला समितिले कार्तिक ९ गतेदेखी १२ गतेसम्म सुझाव संकलन गरेको हो।बझाङको केदारस्यु गाउँपालिका, जयपृथ्बी नगपालिका र डडेल्धुराको अमरगढी नगरपालिका सुझाव संकलन गरिएको समितिका सभापति दिवान सिंह बिष्टले बताउनुभयो।अन्य स्थानीय तहमा तिहारपछि सुझाब संकलन गरिने समितीका सभापति बिष्टले बताउनुभयो। विधायन तथा प्रदेश मामिला समिति सभापति बिष्ट कानुन निर्माणमा सक्रिय रहेका छन।सुझाव संकलनमा सभापति बिष्ट सहित समितिका सदस्यहरु प्रकाश रावल,दमन बहादुर भण्डारी, लक्ष्मी बिक, जानकी ऐर बम र  इन्दिरा गिरि रहेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट