२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

उद्योगमन्त्री भण्डारीद्वारा कञ्चनपुरको सिद्धनाथ उदयदेव क्रसर उद्योगको अनुगमन 


  • २०८१ कार्तिक ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ३७८ पाठक संख्या
  • भुपी उपाध्याय, कञ्चनपुर ७ कार्तिक।संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको एक क्रसर उद्योगको स्थलगत अनुगमन गरेका छन । बुधबार उद्योगमन्त्री भण्डारीले बेदकोट नगरपालिका ९ सुन्दरनपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगको स्थलगत अनुगमन गरेका हुन ।

    उद्योगमन्त्री भण्डारीले उक्त क्रसर उद्योगको स्थलगत अनुगमन गर्दै आर्थिक बृद्धि विकासका लागि क्रसर उद्योगको महत्वपूर्ण भूमिका रहेको औल्याएका छन । उद्योगमन्त्री भण्डारीले स्थानीय प्राकृतिक स्रोतको सदुपयोग गर्र्दै रोजगारी प्रर्बद्धनका लागि भौतिक पूर्वाधार विकास निर्माणका लागि सहजै कच्चा पदार्थको उत्पादन आपूर्ति गरिएको बताउनुभयो।

    उद्योगले आवाज समेत व्यवस्थापन गरेको भन्दै देशभरीका क्रसर उद्योगमा उत्कृष्ट रहेको बताउनुभयो । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योगमन्त्री भण्डारीले स्थलगत अनुगमन गर्दै चारैतिर घेरबार गरेर वातावरण समेत स्वच्छ राख्दै उद्योग नियमित संचालनमा जोडदिदै यस्तै उद्योगबाट मुलुकको आर्थिक विकास र सम्बृद्धि हुने धारणा राखेको बताउनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट