२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीका युवा उद्यमी श्रेष्ठ सेती महाकाली ट्रक यातायात व्यवसायी संघको सदस्यमा निर्वाचित


  • बेलौरी अनलाईन
  • २०८१ कार्तिक ५, सोमबार मा प्रकाशित ३ महिना अघि
  • २०५ पाठक संख्या
  • केशब भट्ट, ०४ कार्तिक, बेलौरी।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४का उदयमान युवा उद्यमी तथा उपप्राध्यापक सुरज श्रेष्ठ सेती महाकाली ट्रक यातायात व्यवसायी संघको सदस्यमा निर्वाचित भएका छन्।

     

    आइतबार धनगढीमा सम्पन्न संघको ९ औं अधिवेशनबाट अध्यक्ष मोहन सिंह साउँद नेतृत्वको प्यानलसहित श्रेष्ठ सदस्य पदमा विजयी भएका हुन्।यस अधिवेशनमा जम्मा ३४९ मत खसेकोमा श्रेष्ठले २६५ मत प्राप्त गर्नुभएको थियो। कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सदस्य पदमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका श्रेष्ठले बेलौरीको प्रतिनिधित्व गर्दै संघमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

    श्रेष्ठ महाकाली बहुमुखी क्याम्पसमा विगत ६ वर्षदेखि उपप्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन्। उनले शिक्षण पेशासँगै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निभाउँदै आएका छन्।बेलौरी स्थित न्यु लक्ष्मी इट्टा उद्योगका सञ्चालक श्रेष्ठ नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको कोषाध्यक्ष पनि छन्।उद्योग र व्यवसायका विभिन्न संघसंस्थामा आफ्नो प्रतिनिधित्व गर्दै आएका उनी खेलकुदको महत्त्वप्रति विशेष चासो राख्दछन्। बेलौरी ब्याडमिन्टन क्लबको स्थापना गरी युवाहरूलाई खेलकुदतर्फ आकर्षित गरेका छन्। श्रेष्ठ क्लबका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट