२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

किन सेलायो पुनर्वासमा नेपाल प्रहरीका ईन्स्पेक्टर शाही माथीको आक्रमण घटना


  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • ३०५ पाठक संख्या
  • पुनर्वास,०२ कार्तिक।कञ्चनपुरको पुनर्वासमा नेपाल प्रहरीका ईन्स्पेक्टर महेश विक्रम शाही सहितको प्रहरी टोली माथी आक्रमणको घटना सेलाएको छ ।

    असोज १० गते राती करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट भ्यान गस्तीमा निस्केका ईन्स्पेक्टर शाही सहित ९ जनाको प्रहरी माथी आक्रमणको घटनाको एक महिना पुग्न लाग्दा समेत प्रहरीले आक्रमणकारी पहिचान गर्न सकेको छैन् ।पुनर्वास नगरपालिका–७, बुद्धचोकमा भईरहेको खड्खडे जुवा नियन्त्रण गर्न खोज्दा प्रहरी माथी स्थानीय केहि व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी ईन्स्पेक्टर लगायत अन्य प्रहरीलाई चोटसँगै भ्यान समेत तोडफोड भएको थियो ।

    घटनाका विषयमा बुझ्न दोस्रो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमेश जोशी पुग्नुभएको थियो । उहाँको उपस्थिती पछि प्रहरीमा आक्रमणकारी पक्राउ पर्छन भन्ने ठुलो आसा थियो । तर घटनाको एक महिना पुग्दा समेत आक्रमणमा संलग्नहरु पक्राउ नपर्दा तल्लो तहका प्रहरीमा निराशा देखिएको छ । उनीहरु भन्छन् हाकिमलाई कुट्दा त क्यै भएन हामीलाई कुटदा झन् के होला ? यस घटनाले प्रहरीमा मात्रै हैन अन्य स्थानीयहरुमा पनि असुरक्षाको अनुभुति देखिएको छ ।एक महिना पुग्दा समेत कसैलाई कार्वाही हुन सकेन भनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीसँग कुरा बुझ्दा घटना प्रहरी अनुसन्धानमै रहेको जानकारी दिनुभयो ।
    “घटनामा संलग्नहरु उम्कन पाउँदैनन्, हामी ती व्यक्तिहरुको खोजी गरी कार्वाही गरेर छाड्छौ । कुनैपनि दबाबमा रहेर घटनालाई दबाउन खोजेका छैनौ । तत्काल एक्सनमा जाने अवस्था थिएन ।”उहाँले भन्नुभयो, “घटनास्थल मुचुल्का गरेका छौं । म निरन्तर अपडेटमै छु । एकदुई जना भएपनि कार्वाही हुन्छ ।”
    घटनाको महिना दिन पुग्न लाग्दा समेत व्यक्तिहरुको पहिचान गरि कानुनी दायरामा ल्याउन नसक्नुले अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी यतिबेला कमजोर भएको स्थानीयहरुमा महशुस भएको छ । प्रहरीले घटना कसरी सामसुम पर्यो भन्ने विषय यतिबेला पुनर्वासका चोक चौतारा,चिया पसलहरुमा समेत बहस चल्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट