बेलौरी, ०१ कार्तिक।कञ्चनपुर टि–ट्वान्टी क्रिकेटमा सुपृया सुपरफास्ट भुडा र सुप हस्टेल धनगढी सेमिफाईनल प्रवेश गरेका छन । आज भएको तेस्रो र चौथो क्वाटरफाईनल खेलमा दुवै टिम विजय हुदै दोस्रो सेमिफाईनल प्रवेश गरेका हुन ।तेस्रो क्वाटरफाइनल खेलमा सुपृया सुपरफास्ट भुडाले आयोजक सि टिमलाई ६४ रन पराजित गरेको छ ।
टच जितेर पहिले ब्याटिङ गरेको सुपृया सुपरफास्टले २० ओभरमा ५ विेकेट गुमाउदै २२९ बनाएको थियो । २३० रनको लक्ष्य पाएको आयोजक सिले २० ओभरमा ८ विेकेट गुमाउदै १६५ रन बनाउन सक्यो । उक्त खेलमा किरन कुमार ठगुन्ना म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै चौथो क्वाटरफाइनल खेलमा सु प हस्टेल धनगढीले श्री केदार अटो वर्कसप कलकत्ता ५७ रनले पराजित गरेको हो । टच जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्य पाएको कलकत्तालेले १४ दशमलव १ बलमा सबै विकेट गुमाउदै ११९ रन मात्र जोडन सफल भयो । उक्त खेलका म्यान अफ द म्याच आशिष् लुहार भएका थिए ।
प्रतियोगितामा सेमिफाइनलका लागि ४ टिमको टुङ्गो लागेको छ । पहिलो सेमिफाइनल सुपृया सुपरफास्ट भुडा र सुप हस्टेल धनगढीबीच भोलि बिहान पहिलो खेल हुने छ ।त्यस्तै दोस्रो खेल खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर र मालिकार्जुन हार्डवेयर अत्तरिया बीच दिउँसो दोस्रो खेल हुने छ ।प्रतियोगिताको फाइनल खेल आइतबार कार्तिक ४ गते हुने छ ।
असोज २४ गतेदेखी कार्तिक ४ गतेसम्म सन्चालान हुने प्रतियोगितामा १६ टिम सहभागी छ्न । प्रतियोगिताको विजेता टिमले रु १ लाख र उपबिजेता टिमले ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ् ।त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छ्न ।त्यस्तै बेस्ट ब्यटसम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस