२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

सुदुरपश्चिमेली नेपाली समाज कुबेतले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग


  • २०८१ आश्विन २८, सोमबार मा प्रकाशित ५ महिना अघि
  • २५२ पाठक संख्या
  • कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ।स

    रिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले मृत्यु भएको थियो भने सरिताका श्रीमान अपांग छन्। अछामको ढकारी गाउँपालिका- ८ मा रहेका उनका चार छोराछोरीको बिचल्ली हुने भएपछी सुदूरपश्चिम क्षेत्रका कुवेतमा रहेका सुदुरपश्चिमेली नेपाली समाजमा आवद्ध नेपालीहरुले आर्थिक सहयोग गरेका हुन।सुदुरपश्चिमेली नेपाली समाज कुवेत यस्ता सामाजिक कार्यमा निकै सक्रिय रहेको छ। यस भन्दा अघि पनि उक्त समाजले यस क्षेत्रका बिभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।

    समाजसेवी अस्मिता कुवँरको नेतृत्वमा २२ हजार १ सय ४३ रुपैयाँ सहयोग गरिएको समाजले जानकारी दिएकाे छ। कुवँरले यस भन्दा अघि पनि मृतक जैशीका छोराछोरीको लागि भन्दै व्यक्तिगत रुपमा २ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेकी थिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट