२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

सर्वाधिक धनराशीको दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट पुनर्वासमा सञ्चालन हुदै


  • २०८१ आश्विन २३, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ३०८ पाठक संख्या
  • किशोर तामाङ,कञ्चनपुर २३ असोज ।कञ्चनपुरको पुनर्वासमा सर्वाधिक धनराशीको दोस्रो सरस्वती कप टि–२० टुर्नामेन्ट सञ्चालन हुने भएको छ ।

    विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा पुनर्वास नगरपालिका वडा नं २ मोतिबस्ती स्थित सरस्वती मा.वि को खेल मैदानमा कञ्चनपुर क्षेत्र नं १ स्तरिय सर्वाधिक धनराशी दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट सहभागी हुने टिमले कार्तिक २ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि रु. ५ हजार ५ सय रुपैया रकम प्रवेश शुल्क बुझाउनु पर्ने सरस्वती युवा क्लब एवं टि–२० क्रिकेट टुर्नामेन्टका सह–सचिव लक्ष्मण भट्टले बताउनुभयो।

    आयोजकले खेललाई मर्यादित बनाउन केही शर्तहरु लागु गरिएको सरस्वती कप टि–२० टुर्नामेन्ट सञ्चालक समितिका  सह सचिव लक्ष्मण भट्टले बताउनुभयो  । उनका अनुसार सहभागी खेलाडीहरूले ट्रयाक जर्सी र जुत्ता लगाउनु अनिवार्य रहेको छ, र म्याच अफिसियलको निर्णय अन्तिम हुनेछ । व्याट टिम स्वयमले् व्यवस्था गर्नु पर्नेछ ।,यस खेलमा कञ्चनपुर क्षेत्र नं. १ खेलाडिलाई मात्र सहभागी गराईने भएकाले भाग लिनका लागि प्रत्येक टिमले १५ जनाको कञ्चनपुर क्षेत्र नं.१ को स्थाई वसोवास खुल्ने प्रमाण–प्रत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । एल.बी.ड्ब्लुु बाहेक अई.सी.सी को सम्पूर्ण नियम लागु हुने पत्रचार मार्फत जानकारी गराई सकेको सह सचिव भट्टले बताउनुभयो।

    यहि कार्तिक ३ गते देखी सञ्चालनमा दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट हुन गइरहेको उक्त प्रतियोगिताको उपाधि हात पार्ने टिमले पुरस्कार स्वरूप रु.४१ हजार,१ सय ११ रूपैया रकम सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेता टिमले भने रु.२१ हजार १सय ११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।

    नकआउट स्वरूपको कारण, हरेक खेल निर्णायक हुने छ, जहाँ पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ र विजेता अर्को चरणमा प्रवेश गर्नेछ। नकः आउट सिस्टममा खेलाईने उक्त खेल क्वाटर फाईनल सम्मका खेलहरु १५–१५ ओभर र सेमि–फाईनल, फाईन खेल २०–२० ओभरको खेलाईने सरस्वती युवा क्लबका सह सचिव भटृले बताउनुभयो। यो टुर्नामेन्टको मुख्य उद्देश्य खेलाडीहरूलाई अवसर प्रदान गर्नु, स्थानीय प्रतिभाको विकास गर्नु र खेलकुदको महत्वलाई समुदायमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । यस प्रकारको प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको चासो र उत्साह बढाउने विश्वास गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट