२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरी नगरपलिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने


  • २०८१ आश्विन १९, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ४१६ पाठक संख्या
  • माधब पौडेल,१९ असाेज। कञ्चनपुरको बेलौरी नगरपलिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता कार्तिक ५ गते देखी हुने भएको छ।

    बेलौरी नगरपालिका वडा नम्बर २ स्थित गोकलपुरमा रहेको खुला मञ्च सञ्चालन हुने वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२रुपैयाँ आकर्षक ट्रफी,मेडल प्रमाण पत्र, द्वितीय पुरस्कार १ लाख‌ ६१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार,सर्वाधिक गोलकर्तालाई नगद रु ३ हजार ५ सय,बेस्ट डिफेन्डर रु ३ हजार ५ सय,उत्कृष्ट गोलरक्षकलाई नगद ३ हजार ५ सय,रेसिङ खेलाडीलाई नगद रू ३ हजार ५ सय,म्यान अफ द म्याच रु १ हजार १ सय पुरस्कार राखिएको बेलौरी नगरपालिका वडा नम्बर १खेलकुद विकास समिति सचिव गजेन्द्र पन्तले जानकारी दिनुभयो। खेलकुद प्रतियोगिता सहभागिता जनाउनका लागि इन्ट्री शुल्क ११ हजार रुपैयाँ निर्धारण गरिएको छ भने खेलमा सहभागि हुनका लागि कार्तिक ३ गतेसम्म टीम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट