२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

लालझाडीका पदाधिकारीहरुलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अभिुखीकरण 


  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • २२३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरूलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम मार्फत अभिमुखीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आयोजनामा शुक्रबार कार्यालय समय पश्चात् लालझाडी गाउँपालिकाको सभा हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र लागू औषध नियन्त्रण सम्बन्धी जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रशिक्षण दिनु भएको छ । उक्त कार्यक्रम लागु औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान तथा स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले जानकारी दिनुभयो । उक्त सचेतनामूलक कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि फलदायी भएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको प्रतिक्रिया छ । स्थानीय तहले पालिका क्षेत्र भित्रका नागरिकका लागि समेत विभिन्न कार्यक्रम गर्ने योजना रहेको उहाँले सुनाउनु भयो । लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले पछिल्लो समयमा लागू औषधकोयुवापुस्ता तहसनहस भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र लागू औषध नियन्त्रणलाई सम्बन्धित सबैले आआफ्नो दायित्व सम्झेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट