कञ्चनपुर, १८ असोज सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको हो । गत साता हात्तीको आक्रमण बाट मारिएका लालझाडी गाँउपालिका ४ डाँगाजाईका ५० बर्षिया रामदत्त रानाको परिवारलाई नगद आर्थिक सहयोग दिईएको छ । १२ असोज मध्य रातमा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो ।शुक्रबार सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीपीडित राना परिवारलाई नगद २५ हजार रुपैया सहयोग गरेका छन । सिएफसिसीका अध्यक्ष जोशी हात्ती पीडित रानाको घरमै पुगेर मृतक परिवारलाई नगद आर्थिक सहयोग गरेका हुन ।
सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीबाट मारिएका राना परिवारलाई सिएफसिसीले खडा गरेको ‘मानव–बन्यजन्तु’राहत कोषबाट उक्त रकम दिएको बताए । मुलुकमा तीन सरकार भएपनि सामुदायिक वन समन्वय समितिले आफ्नो परिवारको ब्रजपातमा राहत दिएको भन्दै आभार प्रकट गरेका छन । सामुदायिक वन समन्वय समितिले मानव बन्यजन्तु विच हुने द्वन्द्व न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएको छ । पछिल्ला बर्षहरुमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा मानविय देखि भौतिक क्षति पुर्याउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस