२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

नेपाली सेनाको श्रीदल गुल्मद्वारा आगलागि सम्बन्धी नमुना अभ्यास


  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • २५६ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ असोज । कञ्चनपुर स्थित नेपाली सेनाको श्रीदल गुल्मले आगलागि सम्बन्धी नमुना अभ्यास तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम कार्यक्रम गरेको छ । श्रीदल गुल्म भगतपुर ब्यारेकबाट बिहीबार बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित सिंहपाल आधारभूत विद्यालयको प्राङ्गणमा आगलागि हुँदा कसरी आगो नियन्त्रण गर्ने, कसरी उद्धार गर्ने र घाइतेहरूको कसरी प्राथमिक उपचार गर्ने लगायतका नमुना अभ्यास गरिएका हुन् ।साथै उक्त कार्यक्रममा श्रीदल गुल्मका गुल्मपति सेनानी उत्तम खड्काले विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका र श्रीदल गुल्मले जिम्मेवारी क्षेत्र कञ्चनपुर जिल्लामा विपद् सम्बन्धी गरेका कार्यहरूका बारेमा प्रस्तुतीकरण दिनु भएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले आगलागि एक्कासि हुने भएकोले सुरक्षा निकाय वा प्रशासनलाई समयमै जानकारी गराउन सकेमा ठुलो क्षति हुनबाट बचाउन सकिने सम्भावना बढी रहने बताउनु भयो ।उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नारद उर्याल र बेलडाँडी ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्का, पत्रकार, शिक्षक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी, विद्यार्थी समेत गरी करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट