२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरी:रक एण्ड रोल स्केट एन फनपार्क सञ्चालनमा


  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ३३७ पाठक संख्या
  • बेलौरी,१७असाेज।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ शान्तिनगरमा  बिहिबार देखि रक एण्ड रोल स्केट एन फन पार्क घटस्थापनाको अवसरमा बिहीबार विधिवत रुपमा उद्घाटन गरिएको छ।

    बेलौरी उधोग बाणिज्य संघको नजिकै सञ्चालनमा आएको रक एण्ड रोल स्केटिङले बेलौरीमा केहि नयाॅं गर्ने सोचका साथ कार्य गरिरहेको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी बेलौरीका  सञ्चालक जुही भुषाल भण्डारीले जानकारी दिनुभयो।भण्डारीका अनुसार आजको सताब्दिमा हरेक क्षेत्रमा महिला पनि पुरुष सरह सक्षम छन् भन्ने आत्मबिश्वासका साथ स्केटिङ पार्क सञ्चालनमा ल्याएको बताउनुभयो । यस नबिनतम कार्य सुरुवातका लागि एयर इन्डिया नयाॅं दिल्लीमा कार्यरत सञ्चालक भण्डारीका श्रीमान एयरक्राफ्ट ईन्जिनियर अर्जुन भण्डारीले पनि हौसला र साथ दिएको बताउनुभयो।

    पछिल्ला दिनहरूमा बालबालिका, किशोरकिशोरी र युवाहरू मोबाइलको लत एवम् विभिन्न कुलतमा फस्न लागेको अवस्थामा स्केटिङ खेल मार्फत् बालबालिकालाई शारीरिक क्रियाकलापमा संलग्न गराई शारीरिक तथा मानसिक हुँदै समग्रमा सामाजिक बिकाश हुन सकोस् भन्ने उदेश्यले स्केटिङ पार्क सुरु गरिएको कुरा बताउँदै  स्केटिङ पार्कमा खुल्ला खेलमैदान, बालमैत्री सुरक्षित सर्किट, अत्याधुनिक ब्राण्डेड शुज, डिजे प्रविधियुक्त रमणिय एवम् सुमधुर संगितिक वातावरण रहेकाे बताउनुभयो। स्केटिङ पार्क प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दैनिक१२घण्टा सञ्चालनमा रहने जनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट