२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

महेन्द्रनगरमा ब्याडमिन्टन प्रतियोगिता शुरु 


  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १८० पाठक संख्या
  • कञ्चनपुर, असोज १७।कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । बिहीबारदेखि महेन्द्रनगर कर्बडहलमा प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता शुरु भएको हो ।

    वडादशै, शुभदिपावली एव छठको अवसरमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता गरेको आयोजकले जनाएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राहुल भट्टले खेलाडीको बृद्धि विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष राहुलका अनुसार खुला डबल्स ‘ए’ तर्फ १४, सिङ्गल‘बि’ तर्फ ६४, भेट्रान तर्फ २० र बाबालिका तर्फ ६४टिमविच प्रतिस्पर्धा हुनेछ ।

    खुला डबल्स ‘ए’ तर्फ विजेता हुने टिमलाई प्रथम, द्वितिय र तृतिय तर्फ क्रमस २५, १५ र १० हजार रुपैया, सिङ्गल‘बि’ तर्फ प्रथम, द्वितिय र तृतिय तर्फ क्रमस ४१, २१, ११ हजार रुपैया, भेट्रान तर्फ प्रथम, द्वितिय र तृतिय तर्फ क्रमस १५ हजार, ७ हजार ५सय, ३ हजार ५सय रुपैया र बालबालिका तर्फ प्रथम, द्वितिय र तृतिय तर्फ क्रमस ११ हजार, ५ हजार १सय र २ हजार ५सय रुपैया प्रमाण सहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । बिहीबार एक कार्यक्तमका विच सुदूपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा भूमिका हुने बताउनुभयो । जिल्ला ब्याडमिन्टन संघका सचिव पुष्कर भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न विद्याका खेलाडी सहितका सरोकारवालाको सहभागिता रहेको थियो । उद्घाटन लगत्तै प्रतियोगिता सचालन भएको आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट