२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरको एक्सन  नेपालगन्जबाट ब्राउन सुगर र भारतीय नागरिक सहित दुई युवक नियन्त्रणमा 


  • २०८१ आश्विन १६, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ८१ पाठक संख्या
  • कञ्चनपुर, असोज १६।लागुऔषध चोरी, तस्करी नियन्त्रणमा सुदूरपश्चिम प्रदेश सहित कैलाली–कञ्चनपुरमा युद्धस्तरमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोले अर्को एक्सन गरेको छ ।

    लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरको टोलीले लुम्बिनी प्रदेश बाकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित एक भारतीय नागरिक सहित दुई युवकलाई पक्राउ गरेको हो।लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब बरिष्ठ निरीक्षक केशवराज जोशीको कमाण्डमा खटिएको टोलीले नेपालगञ्ज एयरपोट क्षेत्रबाट भारतीय नागरिक सहित दुई युवकलाई पक्राउ गरेको हो । बुधबार लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र नेपालगञ्जको संयुक्त टोलीले नेपालगञ्ज उपमहानगरपालिका २० एयरपोट चोकबाट भारतीय नागरिक राहुल शुक्ला र बर्दियाका बालचन्द्र कामीलाई नियन्त्रणमा लिईएको जनाईएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका प्रह पदम सिह विष्टले शंकास्पद व्यक्तिमाथि चेकजाँचका क्रममा भारतीय नागरिक शुक्ला र नेपाली नागरिक कामीको साथबाट १००.२ग्राम ब्राउन सुगर बरामद गरिएको बताउनुभयो। पक्राउ परेका दुवैलाई थप कार्बाहीका लागि नेपालगञ्ज प्रहरीको जिम्मा लगाईएको छ । पश्चिम तराईका जिल्लाहरुमा भारतीय नागरिकहरुले बेच्ने ल्याउने र नेपालका युवाहरुलाई कुलतमा फसाउने भारतीय लागु औषधका तस्करको योजना लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा तुहाईदिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट