कञ्चनपुर, असोज १६।कञ्चनपुरको एक निजी विद्यालयले लोक नृत्य प्रतियोगिता गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशल पब्लिक स्कुलले लोक नृत्य प्रतियोगिता गरेको हो । विद्यालयको सृजनशिल बाल क्लब मार्फत आयोजना गरिएको प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले बताउनुभयो ।
प्रिन्सिपल भट्टका अनुसार दशैँ, तिहारको पुर्व सन्ध्यामा विद्यार्थीहरुविच नेपाली मौलिक लोक कला क्षेत्रको सरक्षणका लागि समुह नै बनाएर प्रतियोगिता गरिएको बताउनुभयो । १० टिमविच भएको प्रतियोगितामा मावि तर्फ प्रथम साईनो राम्रो, द्वितिय साईला ज्यू र आधारभूत तर्फ नाचिदेउ फन्क्कै प्रथम र द्वितिय तर्फ १६ बर्षे समुहका विद्यार्थी भएका छन।संगित तर्फ जुनु नगाल, दृष्टी धामी र सास्वत कलौनीलाई नगद पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भीमलदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाट अतिरिक्त कृयाकलापले विद्यार्थी झनै सृजनशिल हुने भएको बताए । जोशीले पालिकाले शुक्रबार बुकफ्रि डे कार्यक्रम अनुरुप यस्तै कार्यक्रममा जोडदिएका छन । विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यार्थीमा नेपाली मौलिकपनको अपनत्व गराउन उक्त कार्यक्रम राखिएको बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिदत्त जोशी र विद्यालय व्यवस्थापन समितिका सदस्य एव कञ्चनपुरका राजनीतिक अगुवा युवा आशिस खत्रीलाई मायाको चिनो दिईएको छ । सृजनशिल बाल क्लबका अध्यक्ष एलिना भट्टको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो
।
प्रतिक्रिया दिनुहोस