२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुको सहारा बन्दै काँग्रेस क्षेत्रिय सभापति उपाध्याय


  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • १०५ पाठक संख्या
  • काठमाडौं, १४ असोज । गरिबीका कारण वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरूले अत्यन्त दुःख तथा अमानवीय व्यवहार सहनुपरेको छ । एकातिर उनीहरूले विदेशमा गएर जटिल काम गर्नुपरेको छ भने अर्काेतिर अपांग एवं ज्यानसमेत गुमाउनु परेको छ । यति मात्र होइन, धेरैजसो नेपाली युवतीहरू विदेशमा गई यौन शोषणको शिकार भएका छन् भने कतिपयको लाश आजसम्म पनि बेपत्ताकै अवस्थामा भएका बेला कतिपयलाई दलालले अलपत्र पारिदिएको छ ।

    आफु विरामी भई काठमाडौंमा उपचार गराइरहेका नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं.१ का युवा सभापति गोपी प्रसाद उपाध्यायलाई केहिदिन पहलिा छोरी उद्धार गरिदिन भनि कल आउछ् । उपाध्यायले ति युवती आरती चौधरीको हुलिया खोजेर उद्धार कार्यमा सकृय हुन्छन् । तीनले विभिन्न निकायमा दवाव दिएर उनलाई तुरुन्त सकुशल नेपाल फर्काउन सफल हुन्छ् ।उपाध्यायको प्रयासले विदेशमा अलपत्र परेकी छोरी घर फर्किन पाउँदा परिवारमा खुसी छायो।सोही हल्ला जताकतै फैलिन्छ र नेता उपाध्यायलाई धन्यवादको ओइरो लाग्छ, धेरै युवाहरुले नेता होस त यस्तो भन्दै समाजिक संजाल रंग्याइरहेका छन् ।

    सोही क्रममा बैदेशिक रोजगारका लागि दलालले मलेशिया पुगाएर अलपत्र छोडेका बेलौरी नगर पालिकाका दुई जना युवाका अभिभावकले उपाध्यायलाई उद्धारका अपिल गर्छन उपाध्याय आफु बिरामी भएता पनि जनताको सेवाका निम्ति आफ्नो पिडालाई थाति राख्दै उनीहरुको बारेमा बुझदै जादा दालले रोजगार दिलाई दिन्छु भन्दै जनही दुई लाख पचास हजार रकम असुल गरि ५ महिना देखि मेलिसियामा खान समेत नदिएर अलपत्र पारेको खवर सुन्दा त्यस्ता दलाललाई तह लाउनु पर्छ भन्दै दुबैजना युवाको उद्दारका लागि वैदेशिक रोजगार बिभाग हुँदै कन्सुलर सेवा बिभाग काठमाडौमा उजुरी दिन्छन् र त्यसको नतिजा छिट्टै आउने पिडित पक्षलाई आसवासन दिएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट