२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

पुनर्वासमा विद्यालयको बसबाट ओर्लिदा घाईते भएका बालकको उपचारका क्रममा मृत्युु


  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ११५१ पाठक संख्या
  • पुनर्वास,१४असाेज।कंचनपुरको पुनर्वासमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ ।

    शुक्रबार साँझ करिब साढे पाँच बजेको समयमा पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको हो ।मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको आईतबार महाकाली अस्पताल महेन्द्रनगरमा पोष्टमार्टमका लागि राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिनुभयो।विद्यालयको बस र चालक पुनर्वास नगरपालिका-५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो।घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १०%२५%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट