२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन:हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने


  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ६२ पाठक संख्या
  • कञ्चनपुर, असोज १४।पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा सदस्यको एक टोलीलाई आईतबार महेन्द्रनगरमा आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले आफ्ना पीडा बारे केन्द्रीय सांसदको टोलीलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

    आरक्षमा बसोबास गर्ने नागरिकको व्यवस्थापन सम्बन्धी सार्वजनिक नीति तथा गोष्ठी कार्यक्रममा आईपुगेको राष्ट्रिय सभा सदस्यहरुको टोलीलाई पीडितले ज्ञापन पत्र बुझाएका हुन । हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने हो ? भन्दै प्रशन गरेक छन । पीडितले जमिन दिएर न्यायिक बसोबास गर्नुपर्नेमा माग अघि सारेका छन । आरक्षपीडितका अगुवाहरु गोबिन्द नेपाली, खुसिराम चौधरी, दिपक बोहरा, खिमा कार्की सहितले पीडितको बाँच्ने पाउने अधिकार सुनिश्चितामा जोडदिएका छन । ज्ञापन पत्र बुझाउँदा बुझाउँदै थाकेको भन्दै अब पनि अन्याय नगर्न आग्रह गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट