माधब पौडेल,०९ असाेज। निड्स नेपाल र एल.डब्लु.आरको साझेदारीमा उद्यमी परियोजना अन्तर्गत पुनर्वास र बेलौरी नगरपालिकाको समन्वयमा पुनर्वास र बेलौरीका १५० जना विभिन्न तालिम लिएका सहभागी प्रशिक्षार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच सामाग्री हस्तारण गरिएको छ।निड्स नेपालले सिलाई कटाईतर्फ बेलौरी नगरपालिकामा १७ जनालाई पोशाक निर्माणमा र पुनर्वास नगरपालिकामा १५ जनालाई बुटिकको काम गर्नका लागि सिलाई मेसन, ब्युटी पार्लर तालिम लिएका पुनर्वास नगरपालिकाका आठ जना सहभागीलाई ब्युटी पार्लर सम्बन्धी सामग्रीहरु, एसी एवं फ्रिज मर्मत बेलौरका ९ जना पुनर्वासका ४जना प्रशिक्षार्थीहरूलाई फ्रिज मर्मत गर्ने आवश्यक औजारहरू, केरा खेती गर्ने किसानहरु पुनर्वासका ५ जना, बेलौरीका ६ जनालाई भिटामिन र मलखाद, बेसार खेती गर्ने कृषक समूहलाई बेसार पिस्ने मेसिन १ थान, तरकारी खेती गर्ने किसानलाई आवश्यक बिउबिजन र मल, बिउ उत्पादन गर्ने बेलौरीका ११ जना पुनर्वासका ९ जना कृषकलाई स्प्रे ट्याङ्की ,पाइप लगायत बिउ बिजन, पुनर्वासमा बाख्रा पालन गर्ने ६ जना किसानलाई उन्नत जातका बोका, बेलौरीका बङ्गुर पालन गर्ने ४ जना किसानलाई दाना ,भिटामिन लगायतको सामग्री हस्तान्तरण गरिएको थियो।कार्यक्रमको सभापति निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष धनबहादुर कुस्मी, प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,विशिष्ट अतिथिमा बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख सुमनराज जोशी,निड्स नेपाल कञ्चनपुरका निवर्तमान अध्यक्ष बिमला शाह, अतिथिमा बेलौरी नगरपालिका उद्यम विकास शाखाका प्रमुख दिपा रावत मानव अधिकारकर्मी कोमल निरञ्जन भाट,सम्झौता सहकारी संस्था लिमिटेडका प्रमुख राजेन्द्र सिंह लगायत प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले तालिम हासिल गरिसकेका प्रशिक्षार्थीहरूलाई निड्स नेपालले उपलब्ध गराएको ज्ञान र सिपलाई व्यवहारमा उतारी आम्दानीको स्रोत बढाउन मद्दत हुन सकिने बताउँदै पालिकाले पनि विभिन्न समयमा सिलाईकटाई सम्बन्धी तालिम र सामग्री हस्तान्तरण गरेको बताउनुभयो।। कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति निड्स नेपाल कञ्चनपुरका उपाध्यक्ष धनबहादुर कुस्मीले बेलौरी र पुनर्वासमा सिकाइएका तालिमबाट आफ्नै क्षेत्रमा घमरिया चोली र बुटीक उत्पादन गर्न सके स्थानीय स्तरमै आम्दानीको स्रोत बढाउन मद्दत पुग्ने उद्देश्यले उद्यम सम्बन्धी तालिमको आयोजना गरिएको बताउनुभयो। केरा खेती, ब्युटी पार्लर विवरण उत्पादन लगायत बाख्रापालन तालिम लिएका कृषकहरूलाई हामीले केही आवश्यक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उपाध्यक्ष कुस्मीले हामीले यस क्षेत्रमा एसी एवं फ्रिज मर्मतका लागि बाहिरबाट दक्ष जनशक्ति मगाएर काम गर्नुपर्ने थियो भने अब हामीले तालिम दिएका प्रशिक्षार्थीहरुले लगनशील भएर ज्ञान सिपबाट आम्दानी लिन सकिने समेत बताउनुभयो। कार्यक्रमको सञ्चालन निड्स नेपालका उद्यम विकास अधिकृत लोकेन्द्र जोशीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस