२०८३ श्रावण १६, शनिबार | Sat, 01, Aug, 2026

कञ्चनपुरमा चट्याङ लागेर २ जनाको मृत्य,२ घाइते


  • २०८१ आश्विन ९, बुधबार मा प्रकाशित १ साल अघि
  • १११२ पाठक संख्या
  • कञ्चनपुर,०९ असोज। कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकामा १ र लालझाडी गाउँपालिकामा १ गरि २ जनाको मृत्यु भएको हो। दोधाराचाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिकाकी २८ वर्षीय हिरामती रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एंव नायव प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिनुभयो।

    नायव प्रहरी उपरीक्षक जोशीका अनुसार रुखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाका २ जना घाइते  भएका छन्। घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका छन्

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%९%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट