२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरी: नवरात्रको पावन अवसरमा त्रिपरेश्वर महादेव मन्दिरमा महायज्ञ आयोजना गरिँदै


  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ५२० पाठक संख्या
  • माधब पौडेल, ०८असोज।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्तिपुरमा रहेको त्रिपरेश्वर महादेव मन्दिर शिवधामको प्राङ्गणमा नवरात्रको पावन अवसरमा महायज्ञ कार्यक्रमको आयोजना गरिँदै।श्रीमद् भागवत महोत्सव कार्यक्रमको प्रमुख कथावाचक पंडित जीवराज पाण्डेय ज्युको मुखारविन्दु बाट यही असोज १७ गते देखि असोज २५ गते सम्म हुने बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। सदस्य अधिकारीका अनुसार सम्पुर्ण सनातन धर्मवलम्वी भक्तजन, सज्जनवृन्दमा कथा, सत्संग कार्यक्रममा उपस्थित भई सम्पूर्णमा धार्मिक आर्जन गर्न समेत आग्रह गर्नुभएको छ।दैनिक कार्यक्रमहरु असोज १७ गते घटस्थापन कलश यात्रा, शोभा यात्रा देवीको विग्रहरुप मुर्ती स्थापना विहान ८ बजेदेखि उद्घाटन कार्यक्रम असोज १७ गते विहान ११ बजे दैनिक पुजापाठ, अर्चाना हवन विहान ७ बजे देखी ९ बजेसम्म,श्रीमद्भागवत मूल पाठपारायण ९बजे देखि १२ बजेसम्म,कथा प्रवचन आरती तथा जलप्रसाद ग्रहण १ बजे देखी ४ बजेसम्म,सन्ध्याकालीन आरती पुष्पान्जली साँझ ६ बजे ,भजन कृर्तन तथा दानदाताको सम्मान रात्री ८ बजे देखि ११ बजेसम्म,असोज २५ गते महानवमीका दिन कुमारी पूजन र नित्य भण्डारा गरि समापन गरिने समेत बताउनुभयो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट