माधब पौडेल,०८ असोज।कञ्चनपुरको बेलाैरीमा साँस्कृतिक तथा रामलिला समितिद्वारा तयारी सुरु गरेको छ।
दशैँ तिहार सकिए लगत्तै बेलाैरीको खुला मञ्चमा रामलिला सुरु गर्ने तयारी गरिरहेको रामलीला समिति संयोजक दिनेश कुँवरले जानकारी दिनुभयो। अध्यक्ष कुँवरका अनुसार साेमबार देखि हामीले तालिम प्रारम्भ गरेको समेत बताउनुभयो। विगत दुई दशक अगाडि बेलौरीमा रामलीला कार्यक्रमको आयोजना गरिएको थियो। अध्यक्ष कुँवरले खुला मञ्चमा लाग्ने रामलीला कार्यक्रम भव्य सभ्य रुपमा सफल बनाउन सम्पूर्णमा आग्रह गरेको समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस