२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

वाइ-फाइ नेपाल सङग दशैंको बहार,खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार


  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ३०६ पाठक संख्या
  • धनगढी । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस बर्षको दशैंको बम्फर अफर अन्तर्गत खल्तीबाट पेमेन्ट गर्दा एक जनालाई स्कुटर जित्ने अवसर रहेको छ।असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म रहने दशैंको बहार, स्कुटर उपहार योजना अन्तर्गत एक जना भाग्यशाली बिजेतालाई बम्फर उपहार सुजुकी अभिनिस स्कुटर जित्ने अवसर रहेको छ।

     

    त्यसैगरि हरेक हप्ता एक जनालाई ४३ इन्चको स्मार्ट टिभी लक्की ड्र मार्फत जित्न सकिने कम्पनीले जनाएको छ । भने हरेक दिन हात खाली नहुने योजना अन्तर्गत विभिन्न उपहारहरु प्राप्त गर्न सकिने छ ।वाइ-फाइ नेपालको दशैं अफर अन्तर्गत विभिन्न उपहार जित्न खल्ती वालेट बाट वाइफाइको रिचार्ज गर्नुपर्ने छ । मासिक,त्रैमासिक,बार्षिक तथा २४ महिने जुनसुकै प्याकेजको रिचार्ज गर्दा पनि बम्फर अफर सहित उपहार पाइने कम्पनीले जनाएको छ ।

    नेपाल कै सबैभन्दा सस्तो वाइ-फाइ नेपालले ५० र ८० एमबिपिएसका १२ महिने र २४ महिने प्याकेजहरु बजारमा ल्याएको छ । २४ महिने प्याकेज अन्र्तगत ५० एमबिपिएस गतिको इन्टरनेटलाई ८ हजार ४७५ र ८० एमबिपिएस गतिको इन्टरनेटलाई ११ हजार ८६५ रुपियाँ पर्ने जनाइएको छ ।त्यसैगरि १२ महिने प्याकेजमा १ महिनाको बोनस सहित ५० एमबिपिएसको ६ हजार २१५ र ८० एमबिपिएसको ८ हजार ४७५ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट