माधब पौडेल, ०८ असोज।कञ्चनपुरको बेलौरीमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शाखा प्रमुख केशव दत्त अवस्थीले मंगलबार आफ्नो २७ औं जन्मदिनको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली माध्यामिक बिधालय (सुस्त मनस्थिति)कक्षामा अध्ययनरत बिपन्न,गरिब बालबालिकहरु १४ जना बालबालिकालाई कापी, कलम ,पेन्सिल र कटर सहित फलफुल मिठाइ बितरण गरेर जन्मोत्सव मनाउनु भएको हो।
शाखा प्रमुख अवस्थीका अनुसार आशीर्वाद र खानपिन गराएर प्राप्ति हुँदैन बरु सानो सहयोगले कसैको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो सानो भए नि सहयोग गर्नुपर्दछ अगामी दिनमा समेत यस्ता सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको छ।
प्रतिक्रिया दिनुहोस