केशब भट्ट,०७ असोज।ऊर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले कञ्चनपुर क्षेत्र नम्बर १ को नदी कटान क्षेत्रमा अवलोकन गरेका छन्।
सोमबार कंचनपुरको पुनर्वास नगरपालिका सिम्रीस्थित दोदा नदिले गरेको कटान क्षेत्र, बेलौरी नगरपालिका ५ स्थित भकुण्डा कटान क्षेत्र र बेलडाँडी गाउँपालिका स्थित चौधर नदिले गरेको कटान क्षेत्रको अवलोकन गरेका हुन।मन्त्रीसँगै सुदुरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, पुनर्वास नगरपालिकाका उपमेयर भुलिया रानाले संयुक्त रूपमा अवलोकन गरेका हुन्।अवलोकनका क्रममा प्रदेश सभा सदस्य बिष्टले चौधर र दोदा नदिको कटानले गरेको क्षतिबारे मन्त्री तामाङलाई ध्यानाकर्षण गराउँदै नदीमा तटबन्ध गर्नसके सुरक्षित बस्न पाइने बताउनुभयो। बिष्टले यस क्षेत्रको विद्युतको समस्या समाधान गर्न समेत ध्यानाकर्षण गराउँदै बेलौरी, पुनर्वास क्षेत्रमा डिमलाइटको समस्या रहेको समेत बताउनुभयो।अवलोकनका क्रममा मन्त्री तामाङले समस्या समाधानका लागि तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस